Bisal Chautari Logo

टंक र सबिताको ‘सरी’ गीत सार्वजनिक, सरोज र आश्मा श्रीमान श्रीमती (भिडियो सहित)

- २५ असार २०७७, बिहीबार ०७:४८ मा प्रकाशित


विशाल चौतारी समाचार
काठमाडौ,२०७७ आषाढ २५ बिहिवार। चर्चित गायक टंक बुढाथोकी र गायिका सबिता भण्डारीको ‘सरी’ बोलको गीत सार्वजनिक भएको छ । टंकको शब्द, संगीत, एरेञ्ज रहेको गीतमा टंक र सबिताको स्वर रहेको छ । ‘सरी’ बोलको गीत टंक बुढाथोकी युट्युव च्यानलबाट सार्वजनिक गरिएको छ ।

भिडियो हेर्नुहोस् :-

गम्भिर बिष्टको निर्देशनमा बनेको म्युजिक भिडियोमा कार्टुन क्रुजका सरोज अधिकारी र आश्मा बिश्वकर्मा फिचर छन् । भिडियोमा सरोज आश्मालाई श्रीमान श्रीमतीको भुमिकामा देख्न सकिन्छ ।
यस म्युजिक भिडियोलाई नवराज उप्रेतिले खिचेका छन्, भने नबिन निरौलाले सम्पादन गरेका छन् । सुबोल थापाले कोरियोग्राफ गरेको भिडियोमा गायक स्वयम टंककै कन्सेप्ट रहेको छ ।
लकडाउन खुकुलो भएपछि गायक टंकको यो दोस्रो काम हो, भने कार्टुन क्रुजको पहिलो काम हो । कार्टुन क्रुजका नियमित दर्शकका लागी यो भिडियो बिशेष हुनेछ ।

प्रतिक्रिया