Bisal Chautari Logo

शरीरमा यस्तो परिवर्तन देखिए हुनसक्छ ब्रेन ट्युमर

- १५ श्रावण २०७७, बिहीबार ०६:३६ मा प्रकाशित


विशाल चौतारी समाचार
काठमाडौ,२०७७ श्रावन १५ बिहिवार । तपाईंको टाउको दुख्यो । औषधी खानुभयो, ठिक भएन । त्यसो हो भने, सर्तक हुनुहोस् । ब्रेन ट्युमरको लक्षण पनि हुनसक्छ । यद्यपी टाउको दुख्नुको अर्थ ब्रेन ट्युमर नै हो भन्ने होइन । सामान्य अवस्थामा पनि टाउको दुख्छ । अन्य धेरै कारण छन्, टाउको दुख्ने ।
तर, कहिले काहीँ टाउको दुखाई ब्रेन ट्युमरको कारण हुनसक्छ । ब्रेन ट्यूमर भएमा टाउको बेस्सरी दुख्ने गर्छ । र, समयमै उपचार नगरे यसकै कारण मानिसको ज्यान समेत जान सक्छ । जबकी समयमै उपचार गरे यो रोग पूर्णतया निको पार्न सकिन्छ ।
सामान्यतया, ब्रेन ट्यूमर तब हुन्छ, जब मस्तिष्कको कोशिका असामान्य रुपमा बढ्न थाल्छ । कयौ पटक ब्रेन ट्यूमर आणुवंशिक पनि हुनसक्छ । कयौ पटक विकिरण तथा हानीकारण रसायनको सम्पर्कमा आउनाले पनि ब्रेन ट्यूमर हुनसक्छ ।

प्रतिक्रिया