Bisal Chautari Logo

बरिष्ट गीतकार अम्बिका गुरुङको ’बिर गोर्खाली’ सार्वजनिक (भिडियो सहित)

- १७ श्रावण २०७७, शनिबार १२:१५ मा प्रकाशित


विशाल चौतारी समाचार
काठमाडौ,२०७७ श्रावन १७ शनिवार । भावसागर ईन्टरटेनमेन्ट युट्युब च्यानलको पाँचौ एनिभर्सरिको उपलक्ष्यमा बरिष्ट गीतकार अम्बिका गुरुङको शब्द तथा गायक संगीतकार शंकर थापा स्माइलले स्वरबद्ध गरेको राष्ट्रिय गित ’बिर गोर्खाली’ सार्वजनिक भएको छ । दर्जनौ लोकप्रिय गितहरुमा आफ्ना कलात्मक शब्दहरुले करडौ नेपालीहरुको मन मुटुमा बस्न सफल बरिष्ट गीतकार अम्बिका गुरुङले नेपाली गित संगीतमा गरेको योगदान अतुलनिय रहेको छ ।

भिडियो हेर्नुहोस :-

सार्वजनिक म्युजिक भिडियोलाइ बुद्ध थापाले छयांकन गरेका हुन् भने निशान कश्यपले निर्देशन तथा सम्पादन गरेका छन् । बीर गोर्खाली एउटा स्रोत सामग्री भिडियो हो । यस भिडियोलाइ हेरेर जो कोहिले पनि आफ्नो देशको लागि गर्व गर्न सक्नेछन भने निर्देशक निशान कश्यपको कडा परिश्रम र समर्पणका लागि समेत सम्पूर्ण दर्शकहरुले धन्यबाद दिने कुरामा गीतकार गुरुङ बिस्वस्त छिन । पाँच मिनेटको भिडियोमा तपाईहरुले सम्पूर्ण नेपालको गौरवशाली मान्छेहरुलाई देख्न र चिन्न सक्नुहुनेछ र हाम्रो नेपाल के हो र हामी को हौं भनेर जान्न पनि सक्नुहुनेछ ।

प्रतिक्रिया