Bisal Chautari Logo

नीता ढुङ्गानाको गायन यात्रा सुरु

- ३२ श्रावण २०७७, आईतवार १३:०५ मा प्रकाशित


विशाल चौतारी समाचार
काठमाडौ,२०७७ श्रावन ३२ आइतवार । अभिनेत्री नीता ढुङ्गानाले भजन रेकर्ड गराउँदै गायन यात्रा सुरु गरेकी छिन् । केहि दिन पहिले उनको स्वरमा रेकर्ड भएको धार्मिक गीत ’श्री गणेश भजन’ को हालै भिडियोको छायांकन गरिएको छ । भिडियोमा नीता नै फिचर्ड छिन् ।
नीता फिल्मस् को ब्यानरमा पहिलो प्रस्तुतिको रुपमा निर्माण भएको भिडियो मेकिङमा निर्माण टिमले ठुलो बजेट खर्चिएको छ । भव्य सेट निर्माण गरेर छायांकन गरिएको भिडियोमा प्रस्तुत गरिएको गणेशको मुर्तिलाई नै लाखौं लगानी गरिएको बताइएको छ । आफ्नै निर्माणमा तयार भएको भिडियोलाई उत्कृष्ट बनाउन मेकिङमा कुनै कमी हुन नदिएको नीताले दाबी गरिन् । भिडियोमा कोरियोग्राफी रामजी लामिछानेले गरेका छन् भने छायाँकन सञ्जय लामाको छ । सम्पादन वनिष शाहले गर्दैछन् । आफ्नै च्यानल नवनीता इन्टरटेन्मेन्टमार्फत छिट्टै नै भिडियो रिलिज गरिने नीताले बताइन् ।
पहिलो गीत नै भजन किन भन्ने प्रश्नमा नीताले भनिन्, ’हिन्दु धर्म र भक्तिभावमा मेरो बच्चादेखिको सोख हो, गणेश भगवानको अनुयायी भएको कारण पनि गायन यात्रा यहिबाट सुरु गरेँ ।’ उनले नेपाली संस्कार अनुसार प्रायः काम सुरुगर्दा गणेशको पूजा गरिँदै आएको स्मरण गर्दै सोहि अनुसार आफुले पनि गणेश भगवानको नामबाट नै नयाँ यात्रा सुरु गरेको बताइन् ।

प्रतिक्रिया