Bisal Chautari Logo

रौतहटमा नदीमा दुबेर दुई बालकको मृत्यु

- २२ आश्विन २०७७, बिहीबार ०६:०९ मा प्रकाशित


विशाल चौतारी समाचार
काठमाडौ,२०७७ असोज २२ बिहिवार । वीरगञ्ज – रौतहटमा नदीमा दुबेर दुई नाबालकको मृत्यु भएको छ । ईशनाथ नगरपालिका ५ लक्ष्मिनिया घर भई विगत दुई वर्षदेखि राजपुर नगरपालिका–२ विगाटोल स्थित फुपुको घरमा बस्दै आएका १४ वर्षका शेख फ्याजको डुबेर मृत्यु भएको हो ।

बुधबार साँझ फ्याजको राजपुर नगरपालिका–२ स्थित कामदेई नदीमा माछा मार्ने क्रममा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ । यस्तै गरुडा नगरपालिका १ जयनगर बस्ने समसाद अन्सारीका तीन वर्षका छोरा ताबिस अन्सारीको नदीमा डुबेर मृत्यु भएको छ ।

उनी बेपत्ता भएका थिए । आफन्तसहित स्थानीय बासिन्दाले खोजी गर्दा वडा नम्बर ५ झाँजखोलामा पानीमा तैरिरहेको अवस्थामा बालक मृत फेला परेको ईलाका प्रहरी कार्यालय गरुडाले जानकारी दिएको छ ।

घटनास्थल मुचुल्का पश्चात शव पोष्टमार्टमको लागि गौर अस्पताल पठाईएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।

प्रतिक्रिया