Bisal Chautari Logo

अचानक अमेरिकामा आकाशबाट खसे १५ सयभन्दा बढी चरा, विनाशको संकेत ?

- २३ आश्विन २०७७, शुक्रबार ०६:३१ मा प्रकाशित


विशाल चौतारी समाचार
काठमाडौ,२०७७ असोज २३ शुक्रवार । अमेरिकाको फिलाडेल्फिया शहरमा गत शुक्रवार १५ सयभन्दा बढी चराहरू आकाशबाट अचानक खसे । तीमध्ये धेरैको मृत्यु भयो । यी चराहरू जाडो महिना लाग्नुअघि दक्षिणतर्फ जाँदैथिए । यस्तै घटना सन् १९४८ मा पनि भएको थियो । यति धेरै चराहरू अचानक मर्दा मानिसहरू तर्सेका छन् ।
फिलाडेल्फियामा वन्यजन्तु सम्बन्धी काम गर्ने स्टिफन म्यासिवेव्स्कीले भने, ‘अनेकौं चरा आकाशबाट खसिरहेका थिए । के भएको हो, हामीले थाहा पाएनौं । यो निश्चित रूपमा विनाशकारी घटना हो ।’अघिल्लो शुक्रवार बिहान ५ बजेदेखि ८ बजेसम्म आफूले ४०० चरा बटुलेको उनले बताए ।

यी चराहरू विभिन्न स्थानमा जाँदै गर्दा अग्ला भवनमा ठोकिएर खसेको बताइएको छ । घटना हुँदा उक्त क्षेत्रमा तापक्रम अचानक घटेको बताइएको छ । स्थानीय सञ्चारमाध्यमले लेखेअनुसार, अनेकौं चराहरू अग्ला भवनका शीशामा ठोकिए ।

अग्ला भवनका शीशा चराहरूका लागि खतरनाक भएको भन्दै केही समयअघि अमेरिकी संसदमा एक विधेयक पेश गरेर अग्लो भवनमा शीशा प्रयोग गर्न प्रतिबन्ध लगाउने प्रस्ताव गरिएको थियो ।

प्रतिक्रिया