विशाल चौतारी समाचार
काठमाडौ,२०७७ असोज २४ शनिवार । गण्डकी प्रदेशमा ६२ जना कोरोना भाइरस (कोभिड-१९) संक्रमित थपिएका छन् । गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डाक्टर विनोद विन्दु शर्माका अनुसार बाग्लुङका ३६, कास्कीका २१ र लम्जुङका ५ गरी गण्डकी प्रदेशमा ६२ जनामा संक्रमण पुष्टि भएको हो ।
शर्माका अनुसार बाग्लुङमा ३२ जना सुरक्षाकर्मी, थुनुवा, र व्यवसायीसहित ३६ जना थपिएका हुन् । यस्तै कास्कीको पोखरा महानगरपालिकामा थपिएकी महिला नेपाल टेलिकममा कार्यरत कर्मचारी हुन् ।
उनीहरुको सम्पर्कमा आएकाहरुको कन्ट्याक ट्रेसिङ सुरु गरिएको पछि निर्देशक शर्माको भनाइ छ ।
प्रतिक्रिया