विशाल चौतारी समाचार
काठमाडौ,२०७७ असोज २८ बुधवार । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका कान्छो छोरा ब्यारन ट्रम्पमा पनि कोरोना भाइरसको संक्रमण भएको खुलेको छ ।
प्रथम महिला मिलानिया ट्रम्पले १४ वर्षका छोरा ब्यारन कोरोना संक्रमित भएको जनाएको बीबीसीले उल्लेख गरेको छ ।
कोरोना भाइरसबाट संक्रमित भएका ब्यारन अहिले भने संक्रमण मुक्त भइसकेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन् । उनी संक्रमणमुक्त भइसक्दा पनि संक्रमण भएको सार्वजनिक गरिएको थिएन ।
राष्ट्रपति ट्रम्प र प्रथम महिला मिलानियासहित ह्वाइट हाउसका उच्च अधिकारीहरु कोरोना भाइरसबाट संक्रमित भएका थिए । ट्रम्प र मिलानिया संक्रमण मुक्त भएका छन् ।
संक्रमणबाट विश्वमै सबैभन्दा धेरै प्रभावित अमेरिकामा ८१ लाख ५० हजारभन्दा बढीमा संक्रमण भएको छ ।
प्रतिक्रिया