मेक्सिको, २०७७ ३० असोज। मेक्सिकोमा कोरोना भाइरस (कोभिड-१९)बाट मृत्यु हुनेको संख्या ८५ हजार नाघेको छ । मेक्सिकोको स्वास्थ्य मन्त्रालयले दिएको जानकारीअनुसार अहिलेसम्म मेक्सिकोमा कोरोनाबाट मृत्यु हुनेको संख्या ८५ हजार २८५ पुगेको हो । पछिल्लो २४ घण्टामा मात्र मेक्सिकोमा ३८७ जनाको मृत्यु भएको हो ।
त्यस्तै मेक्सिकोमा कोरोनाबाट संक्रमित हुनेको संख्या पनि आठ लाख ३४ हजार ९१० पुगेको छ । पछिल्लो २४ घण्टामा मात्र मेक्सिकोमा कोरोनाका पाँच हजार ५१४ नयाँ संक्रमित थपिएका हुन् ।
कोरोनाबाट सबैभन्दा धेरै मानिसको मृत्यु हुने मुलुकको सूचीमा मेक्सिको चौथो स्थानमा छ । अमेरिकामा अहिलेसम्म कोरोनाबाट दुई लाख १७ हजारभन्दा धेरैको मृत्यु भइसकेको छ । ब्राजिलमा पनि कोरोनाबाट मृत्यु हुनेको संख्या एक लाख ५२ हजार नाघेको छ । भारतमा पनि एक लाख १२ हजारभन्दा धेरैको मृत्यु भएको छ ।
मेक्सिकोको सरकारले कोरोना संक्रमण पुष्टि भएका बाहेक पनि धेरै मानिसमा कोरोना संक्रमण हुन सक्ने बताएको छ ।
स्रोत : रोयटर्स
प्रतिक्रिया