मुम्बई : बलिउड अभिनेता सलमान खानले बिहेको संकेत देखाएका छन् । उनी यसैवर्षको अन्त्यसम्म बिहे बन्धनमा बाँधिने भएका छन् । अभिनेता सलमानले जीवनको उत्तरार्धसम्म पनि एक्लै बस्दा थाकिसकेको बताउँदै विहेबन्धनमा बााधिन लागेको संकेत गरेका हुन् ।

गत आइतबार आयोजित इन्डिया टुडे कन्क्लेव २०१४ मा ४८ वर्षे अभिनेता सलमानले यो कुरालाई अस्वीकार गरेनन् । उनले आफू रोमानियाली गर्लफ्रेन्ड लुलिया वैंतुरसँग विहे गर्न लागेको प्रश्नलाई हाँस्दै यसै वर्षकै अन्त्यसम्म विहे गर्ने बताए ।

अभिनेता सलमानले भनका छन्, अहिले आफु संक्रमण कालमा रहेको र आफुलाई आनन्द लागिरहेको अनि पहिलोपटक आफुलाई यस्तो मौका मिलेको छ, चाँडै नै आफ्नो जीवनमा खास परिवर्तन आउँने बताएका छन् ।

अभिनेता सलमानको नाम प्राय: धेरै हिरोइनसँग जोडिने गरेको छ । पछिल्लो समयमा उनीसंग जोडिएको नाम चाहि अभिनेत्री कट्रिना कैफ ।
प्रतिक्रिया