Bisal Chautari Logo

ट्रयाक्टरले मोटरसाइकललाई ठक्कर दिँदा पति-पत्नीकै मृत्यु

- २३ कार्तिक २०७७, आईतवार ०४:२५ मा प्रकाशित


विशाल चौतारी समाचार
बर्दिया,कार्तिक २३ आइतवार ।बर्दियामा शनिबार राति ट्रयाक्टरको ठक्करबाट पति-पत्नीकै मृत्यु भएको छ।

बर्दियाको बढैयाताल गाउॅपालिकाको मैनापोखरमा भे१त ५०९९ नम्बरको ट्रयाक्टरले भे३प ७८७० नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा पति-पत्नीकै मृत्यु भएको जिल्ला ट्राफिक कार्यालय बर्दियाका प्रमुख लोकेन्द्रबहादुर मल्लले जानकारी दिए।

ट्रयाक्टरको ठक्करबाट गम्भीर घाइते भएका मोटरसाइकल चालक २६ वर्षीय अर्जुन रिमाल र उनकी पत्नी २३ वर्षीया ललिताको भेरी अस्पताल नेपालगन्जमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।

दुर्घटनापछि ट्रयाक्टर चालक नेपालगन्ज–३ का २६ वर्षीय इमरान खानलाई प्रहरीले पक्राउ गरेको छ। राति काठ बोकेर तीव्र गतिमा आइरहेको ट्रयाक्टरले अनियन्त्रित भइ ठक्कर दिएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया