विशाल चौतारी समाचार
कैलाली, कार्तिक २४ सोमवार । कैलालीमा कोरोना संक्रमणबाट २ जनाको मृत्यु भएको छ । सोमबार बिहान टीकापुर नगरपालिका–१ का ९० वर्षीय पुरुष र धनगढी उपमहानगरपालिका २ का ८४ वर्षीय पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको हो ।
२० गते कोरोना पुष्टि भएका टीकापुरका पुरुष होम आइसोलेसनमा बसिरहेका थिए । होम आइसोलेसनमा रहेकै बेला उनको मृत्यु भएको टीकापुर नगरपालिकाको स्वास्थ्य शाखा प्रमुख बलबहादुर रावलले जानकारी दिए ।
प्रतिक्रिया