Bisal Chautari Logo

काठमाडौंको तापक्रम ६.४ डिग्री सेन्टिग्रेड, मौसम सफा रहने

- २ मंसिर २०७७, मंगलवार ०४:०४ मा प्रकाशित


विशाल चौतारी समाचार
काठमाडौं, २०७७ मंसिर २ मंगलवार ।
काठमाडौं उपत्यकाको आज विहानको न्यूनतम तापक्रम ६.४ डिग्री सेन्टिग्रेड रहेको छ । जल तथा मौसम विज्ञाव विभागका अनुसार यो हिजोकोभन्दा केही कम हो । विभागका अनुसार हिजो विहान तापक्रम ८.६ डिग्री सेन्टिग्रेड माापन गरिएको गरिएको थियो ।

“आज विहान ८ः४५ बजे लिइने तापक्रम हिजो दिनभर र आज विहानसम्मको हो । आज दिनभरको तापक्रम भोलि आउँछ,” मौसम विद् प्रतिभा मानन्धर भन्छिन् ।

हिजो दिनभर घाम नलागेको र हिमाली भेगमा हिमपात भए पनि आज भने केही स्थानमा मौसम बदलीको सम्भावना रहे पनि पानी पर्ने र हिमपात हुने सम्भावना नरहेको मानन्धरले जानकारी दिइन् ।

“काठमाडौंमा आज दिनभर घाम लाग्ने छ । देशभर अझै दुईतीन दिन पानी पर्ने सम्भावना देखिँदैन” मौसम विद् मानन्धर भन्छिन्, “हिजो हिँउ परेका तथा अन्य भेगमा पनि आज हिमपात हुने सम्भावना देखिँदैन ।”

हिजो काठमाडौंलगायत देशैभर मौसम बदली भएर केही स्थानमा हिमपात हुँदा निकै चिसो महसुस भएको थियो ।

प्रतिक्रिया