विशाल चौतारी समाचार
काठमाडौं , २०७७ मंसिर ४ बिहिवार । निकिशा श्रेष्ठलाई सडकमै दुर्व्यबहार गर्नेलाई कारबाही गर्न यौनिक तथा लैङ्गिक अल्पसंख्यकहरुको महासंघ नेपाल र निलहिरा समाजले माग गरेका छन् ।
दुई संस्थाले बिहीबार संयुक्तरुपमा विज्ञप्ति जारी गर्दै स्वतन्त्रपूर्वक बाँच्न पाउने अधिकार र हकलाई कुण्ठित गरिएको भन्दै कारबाहीका लागि प्रशासन र सुरक्षा निकायलाई आग्रह गरेको छ ।
निकिशा ‘एलजीबीटीआईक्वी’ समुदायकी हुन् । केही दिन अगाडि उनलाई सडकमै केही युवाहरुले दुर्व्यबहार गरी भिडियो बनाएर फेसबुकमा हालेका थिए ।
भिडियो ‘सफिल’ नामको फेसबुक एकाउन्टबाट सार्वजनिक भएको थियो । ब्यापक विरोध भएपछि हाल उक्त एकाउन्ट प्रयोगकर्ताले भिडियो हटाएका छन् । भिडियो अपलोड गर्ने एकजना व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिइसकेको छ ।
प्रतिक्रिया