यस्तै क्रममा निर्देशक दिपकले गायिका रिमा गुरुङ ‘होडा’को पछिल्लो म्युजिक भिडियो निर्देशन गरेका छन् । विशाल चौतारी डटकम मार्फत अफिसियल रुपमा सार्वजनिक गरिएको म्युजिक भिडियोको गीतको बोल ‘याद आउदो रैछ, माया लाग्दो रैछ’ रहेको छ । निर्देशक खाणले अहिले सम्म करिव दुई दर्जन भन्दा बढि म्युजिक भिडियो निर्देशन गरिसकेका छन् ।

यस गीतमा मोडलको रुपमा पछिल्लो समय निर्देशक खाणले म्युजिक भिडियोमा डेब्यु गराएकी मोडल उर्मिला रायामाझिलाई नै लिएका छन् । यस्तै भिडियोमा मोडल केटामा भने राजिवलाई लिएका छन् । सार्वजनिक भएको भिडियोमा भुवन शर्मा कडेलको शब्द, बिशाल ढकालको संगीत, सम्पादन तथा निर्देशन : दिपक खाण, पोष्ट प्रोडक्सन डिके फिल्मस् अनामनगरको रहेको छ ।

प्रतिक्रिया