विशाल चौतारी समाचार
काठमाडौ, २४ फागुन । पछिल्लो समय नेपाली गायन क्षेत्रमा चर्चित गायिकाको रुपमा परिचित गायिका
सुनिता दुलालले मृगौला पिडीत सुमन श्रेष्ठको उपचारका लागी आर्थीक संकलन गरी स्वयम पिडीतलाई हस्तानतरण गरेकी छिन् । आज शुक्रवार वल्ड ट्रेड सेन्टरमा एक पत्रकार सम्मेनल कार्यक्रमको आयोजना गरि गायिका दुलालले स्वयम पिडीत सुमन श्रेष्ठलाई दुई लाख चालिस हजार हस्तानतरण गरेकी हुन् ।

सिन्धुपाल्चोक जिल्ला जलबिरे ४ का २६ वर्षिय सुमन श्रेष्ठको १० वर्ष अघि मिर्गौला प्रत्यारोपन गर्नुपर्ने भएकाले सो समयमा आफ्नै बाबुले एउटा मृर्गौला दान गरेर प्रत्यारोपण गरेका थिए । तर अहिले फेरी पिडीत श्रेष्ठको दुबै मृर्गौलाले काम गर्न छाडेकाले पुन: प्रत्यारोण गराउनु परेको हो ।

पिडीत श्रेष्ठको उपचार खर्चका लागी आर्थिक अभाव भएकाले गायिका सुनिता दुलालले करिव तिन हप्ता अगाडी देखी आफ्नो सामाजिक सञ्जाल फेसबुक मार्फत सहयोगका लागी अपिल गरेकी थिइन् । गायिका दुलालले कार्यक्रममा बोल्दै साङ्गीतिक कार्यक्रमको शिलशिलामा जादा जलबिरेमा उहालाई भटेपछि मैले उहाको सहयोगको लागी सामाजिक सञ्जाल फेसबुक मार्फत सहयोगको अपिल गरेकी थिए । फेसबुक फ्यान पेजका मेरा करिव ३ लाख भन्दा बढि फ्यानहरुले मैले अनुरोध गरेको अपिललाई स्विकार्दै देश विदेशमा रहेका नेपालीहरुले एउटा नेपालीको दुखमा साथ दिए ।’ गायिका दुलालल कार्यक्रममा बोल्दै यो पत्रकार सम्मेलन गरि रकम बुझाउनु पारदर्सिता हुने उद्देश्यले हस्तानतरण गरेकोपनि बताए ।

कार्यक्रममा बोल्दै गायिका दुलालले आउदो समयमा यस्तै सामाजिक काममा लागिरहने बताउदै आफ्नो वृद्धा आमाहरुका लागी आश्रम खोल्ने इच्छा रहेको बताइन् । कलाकारीताबाट सामाजिक कामको सुरुवात गरेर एउटा नयाँ कामको पनि सुरुवात गर्न खोजेको गायिका दुलालले बताइन् । यस्तै कार्यक्रममा कलाकार राधा लम्सालले कार्यक्रममा बोल्दै सुनिता स्वरकी धनि मात्र नभएर कलाकारमा हुन पर्ने सामाजिक गुणपनि भएको बताइन् । लम्सालले अन्य कलाकारहरुको लागीपनि यो सामाजिक कार्य एउटा दरिलो शिक्षा भएको बताइन् ।
त्यस्तै मृर्गौला पिडित सुमन श्रेगठले पत्रकार सम्मेलन कार्यक्रममा भावुक हुदै भने–‘नेपालको चर्चित गायिका सुनिता दिदीले मेरो आर्थिक अभावलाई बुझेर ठुलो सहयोग गरिदिनु भएको छ ।’ उहाले मलाई देश विदेशमा बस्ने मानिसहरुलाई सहयोगको आग्रह गरेर यति धेरै रकम उठाइदिएकोमा आफु धेरै खुसि रहेको बताए ।
गायिका सुनिता दुलालको सामाजिक काम यो पहिलो चोटी होइन । यस भन्दा अगाडीपनि उनले धेरै समाजिक कामहरु गरीसकेकी छिन् । औपचारीक कार्यक्रमपछि विशाल चौतारीसंग कुराकानी गर्दै गायिका दुलालले आफुले सिन्धुपाल्चोकमा तिन बालबालिकाहरुलाई पढाईरहेको पनि बताइन् । सिन्धुपाल्चोकको जलबिरेका श्री आनन्द उच्च माध्यमिक विद्यालयमा तिन वालबालिकाहरु ४, ५ र छ मा अध्ययन गरिरहेको गायिका दुलालले बताईन् । ति बालबालिकाहरुको लागि अध्ययन खर्च भनेर आफुले वाषिर्क खर्च स्वरुप दिने गरेको बताईन् । आफुले अध्ययन गराईरहेका ति ३ बालबालिकाहरु धेरै गरिव परिवारका सन्तानहरु भएको र ति बालबालिकाहरुलाई काम गरिरहेको अवस्थामा भेटेर आफुले अध्ययनमा लगाएको बताईन् । यस्तै गायिका दुलालले केही समय अगाडी ‘दिब्य सेवा निकेतन वृद्धश्रम’मा गएर वृद्धा आमाहरुलाई जाडोको सममा न्यानो कपडाहरु वितरण गरेकी थिइन् ।
तस्बिरहरु : कमल कुवर
प्रतिक्रिया