विशाल चौतारी समाचार
काठमाडौं, २०७७ पौष ४ शनिवार । जल तथा मौसम विज्ञान विभागका अनुसार आज (शनिबार) प्रदेश–१, वागमती प्रदेश तथा गण्डकी प्रदेशका भू–भागहरुमा आंशिक बदली रहने छ । बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ ।
आज देशभर तापक्रममा हल्का गिरावट आई चिसो बढ्न सक्ने हुनाले त्यसबाट बच्ने उपाय अपनाउन विभागले आग्रह गरेको छ ।
आज राति प्रदेश–१, गण्डकी प्रदेश तथा लुम्बिनी प्रदेशमा आंशिक बदली रहने र बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने विभागले जनाएको छ ।
विभागका अनुसार आइतबार दिउँसो प्रदेश–१ र गण्डकी प्रदेशका भू–भागहरुमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ ।
आइतबार राति कर्णाली प्रदेश, सुदूरपश्चिम प्रदेश तथा गण्डकी प्रदेशका भू–भागहरुमा आंशिक बदली रहने र बाँकी भू–भागमा मौसम सफा रहने विभागको पूर्वानुमान छ ।
जल तथा मौसम विज्ञान विभागका अनुसार सोमबार दिउँसो कर्णाली प्रदेश, सुदूरपश्चिम प्रदेश, लुम्बिनी प्रदेश तथा गण्डकी प्रदेशका भू–भागहरुमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ ।
विभागले सोमबार राति कर्णाली प्रदेश, सुदूरपश्चिम प्रदेश, लुम्बिनी प्रदेश तथा गण्डकी प्रदेशका भू–भागहरुमा आंशिक देखि सामान्य बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ ।
प्रतिक्रिया