विशाल चौतारी समाचार
कास्की,२०७७ पौष २४ शुक्रवार । कोरोनाका कारण पोखरामा थप एक जनाको मृत्यु भएको छ । स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले दिएको जानकारी अनुसार पोखरामा थप एक जना कोरोना संक्रमितको मृत्यु भएको हो ।
पोखरा १२ की ६२ वर्षीय महिलाको कोरोनाका कारण ज्यान गएको हो ।
बिहीबार राति ११ बजेर ४७ मिनेट जाँदा उपचारका क्रममा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उनको ज्यान गएको हो ।
प्रतिक्रिया