विशाल चौतारी समाचार
काठमाडौं,२०७७ पौष २५ शनिवार । काठमाण्डुको टोखास्थित कोलनीमा बस्दै आएका एक दम्पत्ती मृत भेटिएका छन् ।
ग्राण्डी अस्पताल नजिकै रहेको ग्रिन भिल्ला कोलोनीमा बस्दै आएका श्रीमती सुदिक्षा गिरी र श्रीमान् उमेश केसी मृत अवस्थामा भेटिएका हुन् ।
महानगरीय प्रहरी परिसर काठमाण्डुका प्रवक्ता डीएसपी प्रमेश विष्टका अनुसार शुक्रवार पौने ९ बजे श्रीमान् बेडरुममा मृत र श्रीमती झुन्डिएको अवस्थामा फेला परेका हुन् ।
घटनास्थलमा रगतले लतपतिएको सिलौटो भेटिएको छ । अहिले नै घटनाबारे विस्तृत रुपमा खुलिनसकेको प्रवक्ता डीएसपी विष्टले काठमाण्डुपाटीलाई बताए ।
सुर्खेत घर भएका उनीहरुबीच इन्जिनियर भएको बताइएको छ । उनीहरुबीच केही दिनयता विवाद हुँदै आएको समेत बुझिएको छ ।
श्रीमतीले श्रीमान्को हत्या गरि आफूले आत्महत्या गरेको हुनसक्ने आशंका गरिएको छ ।
प्रतिक्रिया