विशाल चौतारी समाचार
काठमाडौं ,२०७७ माघ १ बिहिवार । माघ महिनाको पहिलो दिन बिहीवार नेपाली बजारमा सुनको मूल्यमा गिरावट आएको छ ।
बिहीवार छापावाल सुनको मूल्य प्रति तोला ९२ हजार १ सय रुपैयाँ कायम गरिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
अघिल्लो दिन (बुधवार) यस्तो सुनको मूल्य प्रति तोला ९२ हजार ९ सय रुपैयाँ कायम भएको थियो । अघिल्लो दिनको तुलनामा यस दिन छापावाल सुनको मूल्यमा ८ सय रुपैयाँले गिरावट आएको हो ।
यस दिन तेजाबी सुनको मूल्य प्रति तोला ९१ हजार ६ सय रुपैयाँ कायम भएको छ । अघिल्लो दिन तेजाबी सुन प्रति तोला ९२ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो ।
महासंघका अनुसार, चाँदीको मूल्य प्रति तोला १ हजार २ सय ४५ रुपैयाँ कायम गरिएको छ । अघिल्लो दिन चाँदी प्रति तोला १ हजार २ सय ६० रुपैयाँमा कारोबार भएको थियो ।
प्रतिक्रिया