एजेन्सी
मुम्बई, २० फागुन । केही समय अगाडी बलिउडमा ‘रामलीला र गुन्डे जस्ता सुपरहीट चलचित्र दिएका अभिनेता रणवीर सिंहले पुन: अर्को चलचित्रको घोषणा गरेका छन् । र सो चलचित्रको नाम ‘दिल धड्कने दो’ रहेको बलिउड सञ्चार माध्ययमहरुले बताएका छन् ।

यस चलचित्रलाई ‘जिन्दगी नामिलेगी दोवारा जस्ता सिनेमा निर्देशन गरीसकेका निर्देशक जोया अख्तरले निर्देशन गर्नेपनि समाचारमा बताइएको छ । चलचित्रको कथा दाजु र बहिनीको सम्वन्धमा आधारीत रहेको छ ।
चलचित्रका अभिनेता रणवीरले निर्देशक जोयासंग काम गर्न पाउदा आफु धेरै उत्साहित रहेको बताएका छन् । अभिनेता रणवीरले भनेका छन्, ‘म जोयाको साथ काम गर्न पाउदा सुपर एक्साइटेड छु । किनभने मलाई लाग्छ की निर्देशक जोया बलिउड चलचित्र उद्योगका सबैभन्दा कुशल निर्देशक हुन् ।’

यस चलचित्रमा अभिनेता रणवीरको साथमा चलचित्र ‘गुन्डे’मा संगै काम गरेका अभिनेत्री प्रियंका चोपडा देखीने भएकी छिन् । तर चलचित्रमा अभिनेता रणवीरको बहिनीको भुमिकामा देखिने भएकी हुन् । त्यस्तै अन्य कलाकारको रुपमा अनुष्का शर्मा र फरहान अख्तर एकसाथ देखिनेपनि भएका छन् ।
बलिउड सञ्चार माध्ययमले बताएको समाचारको आधारमा अभिनेता रणवीरलाई चलचित्रको लुक्समा रहीरहने कुरामा निर्देशक जोयाले हस्ताक्षर गराएका छन् । जुन हस्ताक्षरमा लेखिएको थियो की, ‘चलचित्र दिल धड्कने दो’को सुटिङ पुरा हुन भन्दा पहिला कुनैपनि चलचित्र निर्माण गृहको साथ काम नगर्ने ।’
अभिनेता रणवीरको प्राइवेट प्रवत्ताले भनेका छन्, चलचित्रको सेडुअल अनुसार ९० दिनमा सुटिङ सकिनेछ, त्यसमा अभिनेता रणवीरको कुल ७५–८० दिन लाग्नेछ । चलचित्रको सुटिङ युरोप, तुर्की, स्पेन, इटाली र फ्रान्समा हुनेछ ।
प्रतिक्रिया