जिल्लास्तरीय संयन्त्रले माघ महिना भित्र जिल्लाबासी पहिचानको परिभाषाको टुङ्गो लगाउने यस अघि निर्णय गरेको छ । संयन्त्रले कुन मितिसम्म जन्म, बसाइँ सराइँ र नागरिकता लिएकालाई शेयर लगानीमा सहभागी गराउने भन्ने टुङ्गो लगाउन समेत बाँकी छ । देश भित्र र बाहिर गरी अधिकतम २ लाख २० हजार दोलखाली भएको अनुमान छ ।
स्वदेशी लगानीमा निर्माणाधिन माथिल्लो तामाकोसीले जिल्लावासीका लागि १० प्रतिशत सेयर लगानी गर्न दिने व्यवस्था गरेको छ । आयोजनाबाट प्रभावित जिल्लावासीले जारी पूँजीको १० प्रतिशत स्थानीय शेयर पाउने प्रावधानअनुसार करिब १ करोड २५ लाख कित्ता शेयर पाउने छन् । आयोजनाको कुल जारी पुँजी ११ करोड कित्ता रहेको छ । आयोजना निर्माण सम्पन्न गर्न लागत बढेर करिब ४१ अर्ब लाग्ने अनुमान गरिएकोमा १ अर्ब २० करोड ३० लाख दोलखा जिल्लावासीबाट संकलन गर्नुपर्ने हुन्छ । आयोजनाको शेयर संरचना अनुसार नेपाल विद्युत प्राधिकरण ४१ प्रतिशत नेपाल टेलिकम ६ प्रतिशत नागरिक लगानी कोष २ प्रतिशत राष्ट्रिय विमा संस्थान २ प्रतिशत कर्मचारी सञ्चय कोष १७ दशमलब २८ प्रतिशत सर्वसाधारण १५ प्रतिशत कर्मचारी सञ्चयकोषका कर्मचारी २ दशमलब ८८ प्रतिशत कम्पनी र विद्युत प्राधिकरण कर्मचारी ३ दशमलब ८४ प्रतिशत र स्थानीय दोलखा जिल्लावासीको १० प्रतिशत शेयर हुनेछ । स्थानीयको शेयर यसै आर्थिक वर्षभित्र संकलन गर्ने योजना छ । कानुनले स्थानीय भनेर स्पष्ट पारेको र थप पहिचानको टुङ्गो लागेपछि गाविसका स्थानीय कर्मचारी, सामाजिक परिचालकहरुको सहभागितामा तथ्यांक संकलन गर्ने योजना छ ।
add
प्रतिक्रिया