विशाल चौतारी समाचार
काडमाडौं, १२ फागुन । पछिल्लो समय नेपाली चलचित्रहरुको प्रदर्शनले सामाजिक काममा धेरै फाइदा पुर्याएको छ । चलचित्रको प्रमार–प्रसारमा जादा कुनै चलचित्रले अपाङ्गहरुलाई उद्धार गरेका छन्, भने कुनै चलचित्रका टिमले जाडोमा ओढ्ने लत्ताकपडा वितरण गरेर सामाजिक सेवा गरेका छन् । यस्तै क्रममा प्रशिका फिल्मस प्र.ली.को ब्यानरमा निमार्ण भएको चलचित्र ‘वेटु इन्जुरी’ले पनि अनाथ बालबालीका लागी च्यारीटि शो गर्ने भएको छ ।

फागुन १६ गते विश्वज्योती हलमा च्यारीटि शो गरीने चलचित्रका निर्माता सिता क्षेत्रीले बताइन् । चलचित्रको च्यारीटि गरीने बारेमा जानकारी दिदै निर्मात्री सिताले विशेष गरेर यो चलचित्रको टिमले ‘संयुक्त अनाथ आवाज केन्द्र’को सहयोगार्थ गरिने भएको प्रश्ट्याइन् । जुन अनाथ आश्रममा ४० जना बालबालिकाहरु रहेका छन्, र ति सबै अनाथ बालबालिकाहरुका लागी च्यारीटि गरिएको निर्माता सिताले बताइन् ।

चलचित्र अहिले नेपालमा बनिरहेका चलचित्रहरु भन्दा अलि भिन्नै भएको जानकारी दिदै निर्माता सिता क्षेत्रीले चलचित्रमा विश्वकै ठुलो चरा अस्ट्रिज, प्याराग्लाइडिङ, बन्जि, र्याफ्टिङ आदी जस्ता नेपालका महत्वपुर्ण कुराहरुलाई समेटिएको बताइन् ।

चलचित्रमा सागर क्षेत्री, प्रेम खड्का, भरत पोखरेल, अमृत क्षेत्री, एलिना श्रेष्ठ, एञ्जिला कार्कि लगायको मुख्य भुमिका रहेको छ । चलचित्रलाई प्रेम खड्काले निर्माण गरेका हुन्, भने चलचित्रलाई अमर वलिले निर्देशन गरेका हुन् । चलचित्रका छायाकार विरेन्द्र प्रसाद भट्ट रहेका छन् ।
प्रतिक्रिया