nepali movie miss nepal – Subekchya Thapa & Karan Shrestha Crzy
विशाल चौतारी समाचार
काठमाडौं, २०७१ जेठ, १७ शनिवार । अहिले वितरक, निर्माता तथा अभिनेता करण क्रेजी श्रेष्ठ मिस नेपालको किस पाएर मख्ख रहेका छन् । तर वितरक क्रेजीलाई हालै सम्पन्न भएको मिस नेपाल ‘सुबिन लिम्बुले भने किस दिएका होइनन् । उनलाई तँ चलचित्र मिस नेपालकी अभिनेत्री सुभेक्षा थापाले किस दिएका हुन् ।उपत्यका बाहिर ४० वटा सिनेमा हलमा एकै साथ प्रदर्शन काठमाडौँमा अर्को हप्ता अर्थात् जेठ २३ गते बाट रिलिज हुँदै छ । वितरक करणका अनुसार पहिले पटक मिस नेपाल उपत्यका बाहिरका प्रमुख हलहरुमा लागेको छ । चलचित्रको ओपनिङग राम्रो रहेको छ । चलचित्रको पटक पटक रिलिज डेट सर्दा वितरक र निर्मात्री बीच हल्का चिसो पन आएको थियो । अब चलचित्रले व्यापार राम्रो गरेपछि अभिनेत्री तथा निर्मात्री सुभेक्षा थापा खुसी भएर वितरक करणलाई एक किस दिएकि हुन् । अभिनेत्री थापा आफ्नो चलचित्रले व्यापार राम्रो भएपछि सबै लाई खुसि छु भन्दै दर्शक तथा निर्माण युनिट तथा वितरकलाई धन्यवाद दिंदै हिंडेकी छिन् ।चलचित्र मिस नेपाल बन्न एक यूवतीले गर्ने संघर्षका कथालाई चलचित्रले समेटेको छ । चलचित्रमा कल्याण घिमिरे, सविन श्रेष्ठ, क्षितिजा शाक्य, सोनु केसी, सुरज प्रजापति लागाएतको अभिनय रहेको छ भने बाल कलाकारहरु क्रिशु भट्टराईको अभिनय रहेको छ ।
ad
प्रतिक्रिया