विशाल चौतारी समाचार
काठमाडौं, ११ फागुन । कुनै जमाना नेपाली चलचित्र क्षेत्रमा व्यास्त अभिनेत्री पुजा चन्द र गायक राजु लामाले उनिहरुको इन्गेजमेन्टलाई बिबाहमा परिणत गर्दै बिबाह बन्धनमा बाधिएका छन् । सो कुरा अभिनेत्री पुजा चन्दले आफ्नो फेसबुक मार्फत बिबाह बन्धनमा बाधिएको खुलासा गरेकी छिन् । अभिनेत्री पुजाको यो राजु लामासंग दोस्रो बिबाह हो ।
डेढ एक बर्ष अघिनै गायक राजु लामासंग ईन्गेजमेन्ट गरेकी अभिनेत्री पुजा चन्दले अमेरिकामै रहदै आएका गायक राजु लामासंग गरिएको ईन्गेजमेन्टलाई बिबाहमा परिणत गरेकी हुन । दुई बर्षअघि नेपाल फकिर्एर एक म्यूजिक भिडियो निर्माणसंगै अभिनय गरेर अमेरिका फकिर्ए लगत्तै पूजाले गायक लामासंग ईन्गेजमेन्ट गरेकी थिईन् ।
अभिनेत्री पूजाको पहिलो पुर्व श्रीमाण निर्देशक सुरज चन्द हुन् । उनीहरुको बर्षौ अघि बिहे भएको थियो । पहिलोको श्रीमाणबाट पुजाको १८ बर्ष उमेर भईसकेकी एक छोरी पनि छिन् ।
आफ्नो दोस्रो बिहे पश्चात अभिनेत्री पूजा चन्द लामाले आफ्ना शुभचिन्तकहरुलाई सम्बोधन गर्दै ठूलो हिम्मत जुटाएर यो निर्णयमा आईपुगेको बताएकी छिन् । साथै उनले आफ्ना फ्यानहरुलाई सकारात्कम रुपले बुझिदिन आग्रह गरेकी छिन् ।
प्रतिक्रिया