ब्रेकर : कन्र्सटमा नमस्ते ब्याण्ड जापान, नेपाल र पिजे एण्ड रेग्गे व्याण्ड सहित नेपालका चर्चित–चर्चित व्याण्डहरुको पर्फमेन्स हुने भएको छ । कन्र्सटमा जापानको चर्चित व्याण्डहरु, बोम सिभ मिनामी, १९७४ एडी, मुक्ति एण्ड रिभाइवल रविन एण्ड न्यु रिभोलुसन, सबिन राई एण्ड ब्याण्ड, कन्दरा व्याण्ड, लेकाली व्याण्ड, अनिल सिंह एण्ड माया मन्त्रा देउराली ब्याण्ड लगायत अन्य धेरै चर्चित व्याण्डहरुको पर्फमेन्स हुनेछ ।
:–त्यस्तै नेपाली संगीतको आधुनिक तथा अन्य विधामा आवद्ध कलाकारहरु राजेश पायल राई, निमा रुम्बा, अनिल सिंह, उदय मनिला सोताङ, सत्य स्वरुप आचार्य, श्रेया सोताङ, यम बराल, हेमन्त राणा, विजय लामा, रोज मोक्तान, अभिनास घिषिङ, मेघ लामा, राजु परियार, तारापती सुवेदी, जिवन दाहाल, मन्जु महत, रमिला न्यौपाने, ज्योति मगर लगायत अन्य धेरै कलाकारहरुको प्रस्तुती रहेको बताइएको छ ।

विशाल चौतारी समाचार
काठमाडौं, ६ फागुन । नेपाली साङगीतिक क्षेत्रको ब्याण्ड विधामा नेपालमा मात्र नभएर अन्तराष्ट्रिय रुपमा चिनाउन सफल व्याण्ड ‘नमस्ते ब्याण्ड’को २५ औ वार्षिकोत्सवको अवसरमा भव्य रुपमा कन्र्सट आयोजना हुदैछ । ‘नमस्ते’ ब्याण्डले आफ्नो वाषिर्कोत्सवको अवसरमा १९९४ बाट सुरुवात गरेको ‘महा शिवरात्री विश्व संगीत महोत्सव’लाई निरन्तरता दिएको भव्य कन्र्सटमा पिजे एण्ड रेग्गे व्याण्डको पनि पर्फमेन्स हुने भएको छ । पिजे १३ वर्षको उमेर देखी बम बार्लिको वेलर्डस ग्रुपसंग आवद्ध थिए । सोही ग्रुपमा आवद्ध पिजेको ‘महा शिवरात्री विश्व संगीत महोत्सव’मा पर्फमेन्स हुने भएको नमस्ते व्याण्डका संस्थापक अध्यक्ष तथा गायक इश्वर गुरुङले बताए ।
नमस्ते व्याण्ड नेपालमा मात्र परिचित छैन, विश्वमै नेपाली व्याण्डहरु मध्ये परिचीत व्याण्ड रहेको छ । सन् १९९८ मा ५ हजार पाच सय मिटर सगरमाथाको फेदीमा भव्य कन्र्सट गरेर गिनीज बुकमा नोमिनेशनमा परेको थियो । त्यस्तै नेपाली ब्याण्डहरुको इतिहासमा पहिलो पटक पुर्व मेची देखी पश्चिम महाकाली सम्म ‘सन्देश’ नामक कन्र्सट गरेका थिए । कुराकानिको क्रममा गायक गुरुङले बताए अनुसार ३० दिनमा २९ वटा सहरहरुमा समेत कन्र्सट गरेको बताए ।

काठमाडौको भृकुटी मण्डपमा १५ गते र लगतै पोखराको बसुन्धरा पार्कमा फागुन १७ हुने कन्र्सट ‘महा शिवरात्री संगीत महोत्सव’मा नेपालका चर्चित कलाकारहरुको पर्फमेन्स हुने भएको छ । नेपाली साङ्गितको कार्यक्रम पनि एतिहासिक बनाउनको लागी यति ठुलो र भव्य कार्यक्रम गर्न लागिएको गायक इश्वर गुरुङले बताए । कन्र्सटमा नमस्ते ब्याण्ड जापान, नेपाल र पिजे एण्ड रेग्गे व्याण्ड सहित नेपालका चर्चित–चर्चित व्याण्डहरुको पर्फमेन्स हुने भएको छ । कन्र्सटमा जापानको चर्चित व्याण्डहरु, बोम सिभ मिनामी, १९७४ एडी, मुक्ति एण्ड रिभाइवल रविन एण्ड न्यु रिभोलुसन, सबिन राई एण्ड ब्याण्ड, कन्दरा व्याण्ड, लेकाली व्याण्ड, अनिल सिंह एण्ड माया मन्त्रा देउराली ब्याण्ड लगायत अन्य धेरै चर्चित व्याण्डहरुको पर्फमेन्स हुनेछ ।
त्यस्तै नेपाली संगीतको आधुनिक तथा अन्य विधामा आवद्ध कलाकारहरु राजेश पायल राई, निमा रुम्बा, अनिल सिंह, उदय मनिला सोताङ, सत्य स्वरुप आचार्य, श्रेया सोताङ, यम बराल, हेमन्त राणा, विजय लामा, रोज मोक्तान, अभिनास घिषिङ, मेघ लामा, राजु परियार, तारापती सुवेदी, जिवन दाहाल, मन्जु महत, रमिला न्यौपाने, ज्योति मगर लगायत अन्य धेरै कलाकारहरुको प्रस्तुती रहेको बताइएको छ ।
सन् १९८८ मा स्थापना भएको नमस्ते ब्याण्डले ‘जाउँहै पोखरा, ‘चरी मर्यो सिस्सैको गोलिले’ जस्ता चचिर्त गीत नेपाली दर्शक श्रोताहरुका लागी गाइसकेका छन् । ‘नमस्ते’ ब्याण्डले आफ्नो वाषिर्कोत्सवको अवसरमा १९९४ बाट सुरुवात गरेको ‘महा शिवरात्री विश्व संगीत महोत्सव’ लाई निरन्तरता दिन पनि आफुले भव्य कन्र्सटको आयोजना गर्न लागेको इश्वरले बताए । नमस्ते ब्याण्डको रहेक पाँच–पाचँ वर्षमा आयोजना गर्दै आएको ‘महा शिवरात्री विश्व संगीत महोत्सव’ यस भन्दा अगाडी सन् २००९ मा भव्य रुपमा सम्पन्न भएको बताउदै गायक इश्वरले भने –‘कन्र्सट गरेको पाच वर्ष वितिसकेको रहेछ । हाम्रो ब्याण्डका सम्पुर्ण फ्यानहरुले सामाजिक सञ्जालहरुबाट कन्र्सट गर्न आग्रहपनि आइरहेकाले थियो । यो वर्षको कन्र्सट नेपाली साङगीतक क्षेत्रकै एतिहासिक कन्र्सट हुनेछ’, गायक गुरुङ बताए । यो कन्र्सट भगवान्, शिवजीको नाममा भएकाले पनि नेपाली संगीतलाई माया गर्ने कलाकारहरुले तन मन र हुनेले धन दिएर सहयोग गर्नुपर्ने गुरुङले बताए ।क
नमस्ते ब्याण्ड नेपाली कलाकार र जापानी कलाकारहरु पनि रहेकाले अहिले चाहि आफु मात्र कन्र्सटका लागी आएको बताउँदै, ब्याण्डका अन्य कलाकारहरु चाहि २४ तारीक नेपाल आइपुग्ने इश्वरले बताए ।
प्रतिक्रिया