एजेन्सीमुम्बई, ५ फागुन । सन् २०१३ मा इन्टरनेटमा सबैभन्दा बढि सर्च भएको कलाकार बनेपछि यस वर्षको सुरुवातिमै पोर्न स्टार तथा बलिउड अभिनेत्री समेत गरकी सन्नी लियोन मोवाइल ऐपको दुनियामा पनि अगाडी देखिएकी छिन् ।
समाचारमा जनाए अनुसार अभिनेत्री सन्नी लियोनको एण्ड्रोएड मोबाइल ऐपमा ३ लाख भन्दा बढि डाउनलोड भइसकेको छ । अहिले सम्म भएको यो डाउनलोड एक महिनाको तथ्यङक रहेको छ । यहि वर्ष जनावरीमा एक कम्पनीले सन्नी लियोनको आधिकारीक ऐप सार्वजनिक गरेका थिए ।
पोर्न स्टार तथा अभिनेत्री
सन्नी लियोनको मोवाइल ऐपमा उनका फ्यानहरुका लागी नयाँ–नयाँ फोटो, अडीयो तथा वालपेपर उपलव्ध हुनेछ । तर वयस्कहरुले देख्ने इच्छुकहरुका लागी सन्नीको ऐपमा उपलव्ध गराइएको छैन । यो ऐप एन्ड्रोएड, आईओएस र विन्डोज आधारीत फोनमा मात्र डाउनलोड गर्न सकिनेछ ।
यति मात्र होइन यस ऐपमा अभिनेत्री सन्नीलाई फलो गरिरहनेहरुका लागी अनी एपमा फ्यानहरु आकर्षित गराउनको निम्ती प्रतियोगिता पनि यस ऐपमा उपलव्ध गराइएको छ ।

यहि किसिमले गत वर्ष नभेम्वरमा सार्वजनिक भएको विश्व चर्चित क्रिकेटर सचिन तेन्दुलकरको ऐप दैकिन ३००० हजार चोटि सम्म डाउनलोड हुने गरेको थियो । तर पोर्न स्टार तथा बलिउड अभिनेत्री सन्नीको ऐप सार्वजकि भएपछी सचिनको एपलाई धेरै अनुपातमा जितेको छ । क्रिकेटर सचिनको ऐप अहिले सम्म करिब एक लाख चोटि डाउनलोड भएको छ ।
प्रतिक्रिया