nepali film
विशाल चौतारी समाचार
काठमाडौं, २०७१ जेठ, २९ विहिबार । काठमाण्डौमा आजबाट ‘नेपाल अन्तरराष्ट्रिय आदिवासी फिल्म महोत्सव २०७१’ सुरु भएको छ । आइफाले राष्ट्रिय सभागृहमा आयोजना गरेको आठौ संकरणको महोत्सव उद्घाटन संकृतविद् सत्यमोहन जोशीले गरेका छन् ।
‘नेपाल अन्तरराष्ट्रिय आदिवासी फिल्म महोत्सव २०७१’मा नेपाल सहित १८ देशका आदिवासी जनजाती सम्बन्धी सिनेमा प्रतिस्पर्धामा रहेका छन् । प्रमुख अतिथी जोशीले महोत्सवका निर्णायक भारतीय फिल्मकर्मी जे एल भारद्धाज, जापानी फिल्मकर्मी मिजोगुची नाओमी र संचारकर्मी अनिता गुरुङलाई सम्मान गरेका थिए । महोत्सवको उद्घाटनसँगै ब्राजिलको छोटो चलचित्र ‘अनर्स अफ द वाटर’ प्रदर्शन गरिएको थियो । महोत्सव उद्घाटन अघि विभिन्न आदिवासी जनजातिका संकृती झल्काउँने समुदायको झाँकी प्रस्तुत गरिएको थियो । महोत्सवमा ३६ वटा लामा र छोटा फिल्म देखाइने आयोजकले बताएको छ । आयोजकले महोत्सवमा अन्तरराष्ट्रिय प्रतिस्पर्धामा उत्कृष्ट हुने फिल्मले ‘गोल्डेन ड्रम’, द्धितीय हुनेले ‘सिल्भर ड्रम’, तृतीय हुनेले ‘ब्रन्ज ड्रम’, जुुरी अवार्ड प्राप्त गर्ने फिल्मले पनि ‘ब्रन्ज ड्रम’ प्राप्त गर्नेछन् । त्यस्तै नेपाली पानोरमा सिनेमा अन्तर्गत उत्कृष्ट हुनेले १५ हजार रुपैयाँ र नेपाली पानोरमा अन्तर्गत नै प्रोत्साहन पुरस्कार प्राप्त सिनेमाले २५ हजार रुपैयाँ र प्रमाणपत्र प्राप्त गर्ने आयोजकले जनाएको छ ।
ad
प्रतिक्रिया