Rajesh Payal Rai Students Reading English Grammar book of 7th grade
विशाल चौतारी समाचार
काठमाडौं, २०७१ असार, ५ विहिबार । नेपाली सुगम संगीत तथा पाश्र्व गायनका नम्बर एक गायक राजेश पालय राईको क्लास ७ को ग्रामरमा पढाइ हुन सुरु भएको छ । नेपाली साङ्गीतिक क्षेत्रमा सकृय भएको करिव २३ वर्षलाई नियाल्दै गायक राई इज किङको पाठ्यक्रममा राखिएको हो ।
गायक राजेश पायलले आफ्नो बारेमा अध्ययन हुने थाहा पाएपछी आफ्नो अफिसियल फेसबुक पेजमा लेख्दै ‘क्लास ७ को ग्रामरमा मेरो बारेमा पढाई हुन थालेकोमा म अत्यन्त खुशी छु । र यो खुशी सम्पूर्ण मेरा शुभचिन्तक आफन्त र नेपाली संगीतलाई माया गर्नेमा समर्पन गर्न चाहान्छु । अनी नेपाल सरकार र शिक्षा मन्त्रालय प्रती आभारी छु’, गायक राजेश पायलले लेखेका छन् । यस बारेमा विशाल चौतारीसंग कुराकानी गर्दै राजेश पायलले आफ्नो बारेमा पुस्तकमा अध्ययन हुदा सम्पुर्ण नेपाली कलाकारहरुको सम्मानको रुपमा लिएको बताए ।
गायक राजेश पायल राईको मुर्छना एल्बमबाट सुरु संगीत यात्रा पछिल्लो समय दर्शन नमस्ते–२ ल्याउदा सम्म १७ वटा एल्बम भइसकेको छ । अहिले साङ्गीतिक वल्ड टुरको क्रममा अमेरीकामा रहेका गायक राईले १८ औ एल्बमको रुपमा सम्पुर्ण राई भाषाको एल्बम निकल्दैछन् ।
ad
प्रतिक्रिया