विशाल चौतारी समाचार
काठमाडौं, २०८० आषाढ, ९ शनिवार । गायिका ससिका राईको स्वरमा ‘मायाको भाषा’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । लेखु सहयात्रीको शब्द रहेको गीतमा देबेश राईको संगीत, एरेञ्ज तथा मिक्सिङ मास्टरिङ रहेको छ । यो गीतलाई देबेश ससिका युट्युव च्यानल मार्फत सार्वजनिक गरिएको छ ।
डान्सिङ नम्बर गीतलाई प्रविन राई जिङले निर्देशन गरेका छन् । ईन्ता चाम्लिङ राईले कोरियोग्राफी गरेको गीतमा ससिका र देबेश फिचर्ड छन् । भिडियोमा ससिकाको डान्सपनि देख्न सकिन्छ । भिडियोलाई बिशाल थापाले खिचेका हुन्, भने फराज अर्पणले इडिट र कलर गरेका छन् । सार्वजनिक भिडियोबारे बोल्दै गायिका ससिकाले भनिन्, ‘फरक प्रस्तुती दर्शक माझ ल्याउन पाउदा हाम्रो टिमसंगै म खुसि छु ।’
प्रतिक्रिया