मुम्बई : भारतमा लोकसभाको चुनाव हुन दुई महिना बााकी छ । तर पनि यस चुनावले सर्वसाधरणदेखि गल्यामर दुनियालाई समेत छोएको छ । दुई दिन पहिले मोडल मेघना पटेलले बीजेपी बाट प्रधानमन्त्रीका उमेद्वार नरेन्द्र मोदीको समर्थनमा निवस्त्र भएकी थिइन् । उनको खबर सेलउान नपाउादै बलिउड मोडल तनीषा सिंहले कांग्रेसको समर्थनमा निर्वस्त्र फोटो सुट गराएकी छिन् ।

आफ्नो कपडा उतारेर मोडल तथा अभिनेत्री तनीषाले जनतालाई कांग्रेसमा भोट खसाल्न आग्रह गरेको भारतीय सञ्चारमाध्ययमहरुले बताएका छन् । यस निर्वस्त्र फोटोसुटमा मोडल तनीषाले आफ्नो गोप्य अंगलाई कांग्रेसको चुनावचिन्ह अंकित पोष्टरले छोपेकी छिन् ।

तनीषा सिंह दक्षिण भारतीय मिल्ममा काम गरिसकेकी छिन् । समाचारमा जनाए अनुसार मेघाना पटेलको प्रतिक्रियामा तनीषाले पनि निर्वस्त्र फोटोसुट गराएको बताईएको छ । अभिनेत्री मेघनाले भने निवस्त्र भएर वक्षस्थल र गोप्य अंगलाई फुलले छोपेर जमिनमा पल्टीएकी थिइन् ।
– एजेन्सी
प्रतिक्रिया