Sunita Dulal facebook verified page first time in nepal
काठमाडौं, २०७१, असार ११, बुधवार । पछिल्लो समयमा नेपाली सेलिब्रेटीहरु सामाजिक सञ्जालमा सकृय बन्दै गइरहेका छन् । एउटा सेलिब्रेटीहरुको लागी सामाजिक सञ्जाल आफ्ना फ्यानहरु समक्ष पुग्ने ठुलो अनी भरपर्दो माध्ययमपनि हो । यस्तै भरपर्दो माध्ययमलाई प्रयोग गर्ने कलाकारहरु संख्या नेपालमापनि दिनानुदिन बढीरहेको छ । आफ्ना कामहरु फ्यानहरु समक्ष पुर्याउन कलाकारहरु बढिजसो समय अहिले समाजिक सञ्जालमै झुमिरहेका देखिन्छन् ।
नेपालमा कलाकारहरुले बढी जसो प्रयोग गर्ने सामाजिक सञ्जालको माध्ययम भनेको फेसबुक हो । सोही फेसबुकमा नेपालबाट पहिलो चोटी चर्चित लोक तथा आधुनिक गायिका सुनिता दुलालको फेसबुक फ्यान पेज भेरिफाइड भएको छ । ४ लाख पैँसठी हजार भन्दा माथि लाइक रहेको गायिका दुलालको फेसबुक फ्यान पेज भेरिफाइड भएको केही दिन अगाडी मात्र हो ।
[gss ids=”4218,4217,4216″]
नेपालमा पत्रकारको एकमात्र भेरिफाइड पेज रविन्द्र मिश्रकोपनि रहेको छ । लाइकको आधारमा भन्दापनि विश्वसनियताको आधारमा फेसबुकले आधिकारीक रुपमा प्रमाणित गर्ने गरेको छ । नेपालमा फेसबुक लाइककै संख्या हेर्ने हो भने भेरिफाइड पेजहरु भन्दा बढी लाइक भएका पेजहरुपनि रहेका छन् । जस्तै चर्चित अभिनेत्री रेखा थापाको फेसबुक पेजमा लाइक गर्नेको संख्या ६ लाख ७५ हजार भएपनि फेसबुकले प्रमाणित भने गरीसकेको छैन । उता कलाकारहरुमा नेपालमै सबैभन्दा बढी लाइक हुने पेज यमा बुद्धको पेजमा लाइक गर्नेको संख्या ७ लाख बढी रहेको छ । त्यस्तै नेपाली सुगम संगीत तथा पाश्र्व गायनमा सबैभन्दा लाइक हुने गायक राजेश पायल राईकोपनि फेसबुक पेज अहिले सम्म भेरिफाइड हुन सकेको छैन । यती मात्र होइन अन्य कलाकारहरुको पेजमापनि लाइक गर्नेको संख्या माथि रहेपनि भेरिफाइड भने हुन सकेको छैन ।
चचिर्त व्यक्तित्व र धेरै संख्यामा समर्थक तथा फ्यानहरु भएको पेज वा प्रोफाइललाई फेसबुकले बिस्वस्नीय भएको पुष्टी गर्दै भेरिफाइड सिग्नल दिने गरेको । यसरि फेसबूकले आधिकारिकरुपमा प्रमानित गरेको व्यक्तिगत प्रोफाइृल वा पेजमा निलो चिनो देख्न सकिन्छ । प्रमानिक हुने व्यक्तिगत प्रोफाइृल वा पेज निम्न हुन सक्छन् :
– सेलिव्रेटि
– पत्रकार
– सरकारी अधिकारी
– लोकप्रिय ब्राण्ड र व्यबसाय, आदी ।
१. फेसबुक पेज भेरिफाइड भयो भने सम्वन्धित व्याक्ति वा संस्थालाई आफ्नो कुनै नयाँ काम तथा प्रोडक्ट जनता समक्ष वा फ्यानहरु समक्ष पुर्याउन सजिलो हुन्छ ।
जस्तै : गायिका सुनिता दुलालको नयाँ एल्बम बजारमा आएपछि त्यो एल्बमका गीत तथा भिडियो सियर गरेपछि लाइक गर्ने व्याक्तिहरुले देख्न पाउँछन् ।
२. फेसबुक पेज भेरिफाइड भएपछि आफ्ना फ्यानहरु एकमुस्ट हुन्छन् ।
जस्तै : गायिका सुनिता दुलालको नामबाट बनेका धेरै फ्यान पेजहरु छन् भने सो भेरिफाइड पेजको चिन्हले आधिकारीक जनाउछ । अन्य फेक फ्यान पेजहरु क्रमश हराउछन् ।
३. सेलिव्रेटिहरुले आफ्ना फ्यानहरुसंग सजिलोसंगै मिल्न पाउछन् । उता दर्शकहरुपनि आफुलाई मनपरेको कलाकारको बारेमा नजिकबाट जान्न पाउछन् । आदी ।
Sunita Dulal facebook page
Rabindra Mishra facebook page
Rajesh payal rai facebook page
Rekha Thapa facebook page
Yama Buddha facebook page
ad
प्रतिक्रिया