Bisal Chautari Logo

‘पशुपति प्रसाद २ : भष्मे डन’मा सौगात मल्लको क्यारेक्टर लुक्स यस्तो

- १२ आश्विन २०८०, शुक्रबार १७:४० मा प्रकाशित


विशाल चौतारी समाचार
काठमाडौं,
 २०८० असोज १२ शुक्रवार।
यसबर्षको प्रतिक्षित चलचित्र ‘पशुपति प्रसाद २ : भष्मे डन’बाट अभिनेता सौगात मल्लको क्यारेक्टर लुक्स सार्वजनिक गरिएको छ । चलचित्रको सार्वजनिक पोस्टरमा अभिनेत्री मल्ल टाउकोमा फेटा बाँधेर रिसाहा लुक्समा पस्तुत छन् ।

चलचित्रको यसअघि सार्वजनिक पोस्टर, टिजर र २ गीतले दर्शकमाझ निकै राम्रो हाइप बनाएका छन् । जसले गर्दा चलचित्रको विदेशका विभिन्न देशका शहरमा तीन हप्ता अगाडी नै अग्रीम टिकट बुकिङ समेत खुलिसकेका छन्, भने केही देशमा खुल्ने तयारी भैरहेको विदेश वितरक सेभेन सिजले जानकारी दिएको छ ।

विदेश वितरक अनुसार सम्भवत यो नै पहिलो नेपाली चलचित्र होला जस्को अफिसियल ट्रेलर रिलिज नगर्दै विदेशी बजारमा दर्शकको उच्च मागका कारण तीन हप्ता अगाडी नै अग्रीम टिकट बुकिङ खोल्नु पर्ने अवस्था बन्यो । यही कारण पनि चलचित्रले नेपालसँगै विदेशी बजारमा समेत उच्च व्यापार गर्ने पक्का भएको छ ।

दीपेन्द्र के खनाल निर्देशित चलचित्रले ‘पशुपति प्रसाद’को मृत्यु पश्चात पशुपति क्षेत्रमा आफ्नो अस्तित्व स्थापित गर्न संघर्षरत ‘भष्मे डन’को जीवनमा एउटा रोमाञ्चक पात्रको प्रवेशपछि सुरु भएको परिचय र आत्मसम्मानको लागि गर्ने शक्ति संघर्षको कथामा निर्माण गरिएको हो ।

चलचित्रमा सौगात मल्लका अलवा विपिन कार्की, स्वस्तिमा खड्का, रविन्द्र सिंह बानियाँ, माओत्से गुरुङ, प्रकास घिमिरे, लोकेन्द्र लेखक, मिस्श्री थापा, सजन थापा मगर, विभु पौडेल, प्रकाश दाहालको पनि अभिनय रहेको छ । चलचित्रमा अभिनेता तथा निर्माता खगेन्द्र लामिछाने र अभिनेत्री बर्षा सिवाकोटी पनि विशेष भुमिकामा देखिनेछन् ।

टुकी आट्र्सको ब्यानरमा निर्माण भएको चलचित्रलाई निर्माता तथा अभिनेता खगेन्द्र लामिछानेले लेखेका हुन् । चलचित्रको निर्माता पनि उनी स्वयं हुन् । निरज कँडेलको डिओपी, कृष्ण थापाको छायांकन, दीर्घ खड्काको सम्पादन, कृष्ण भारद्वाजको संगीत रहेको छ ।

व्यावसायिक तथा समीक्षात्मक रुपमा सफल चलचित्र‘पशुपति प्रसाद’को चरित्र ‘भष्मे डन’मा केन्द्रित सिक्वेलको रुपमा निर्माण गरिएको हो । लेखक लामिछानेले चलचित्र नाम मात्रको सिक्वेल नभई अर्थपूर्ण र तर्कपूर्ण सिक्वेल बनेको बताउँछन् । चलचित्रलाई नेपालमा डिसिएन, टि फक्स र रिच इन्टरटेनमेन्ट अनि भारतमा सुष्मा प्रोडक्सन र विश्वभर सेभेज सिजले वितरण गर्दैछन् ।

प्रतिक्रिया