अनिल शाह –बैंकर सबैभन्दा पहिले मोबाइल कहिले बोक्नुभयो ? एनटीसीले मोबाइल फोन सेवाको विधिवत् शुरू गरेलगत्तै मैले पनि बोकिहालें ।
कुन सेट थियो पहिलो ? नोकियाको थियो । सेट पनि एनटिसीले नै दिन्थ्यो ।
अहिलेसम्म कुनै सेट हराउनुभयो कि भएन ? हराएको छैन ।
मोबाइल फोन गिफ्ट पनि दिनुभएको छ कि ? केही समयअघि मात्र छोरीको १२औं जन्मदिनका अवसरमा उनलाई मोबाइल गिफ्ट दिएँ । श्रीमतीलाई पनि दिएको छु ।
आफूले पनि मोबाइल गिफ्ट पाउनुभएको छ ? पाएको थिएँ, आइफोन । दुई वर्षअघि ।
अहिले कतिवटा मोबाइल बोक्नुहुन्छ ?दुईटा । आइफोन–४ र ब्ल्याकबेरी ।
मोबाइल किन्दा कुन कुरालाई प्राथमिकता दिनुहुन्छ ? साधारणतया फोनिन फिचर त प्रधान हुन्छ नै, क्यालेन्डर फिचरलाई पनि प्रमुख आवश्यकता ठान्छु । डायरी फिचर पनि, ताकि मिटिङ अनि कार्यक्रमहरु मोबाइलमा रेकर्ड राख्न र व्यवस्थापन गर्न सजिलो होस् ।
कुन कलरको मोबाइल मनपर्छ ?ब्ल्याक ।
दिनमा कतिवटा कल उठाउनुहुन्छ ? धेरै नै आउँछन् । एभरेजमा ५० कलजति उठाउँछु होला ।
मोबाइल नम्बर कतिचोटि फेर्नुभयो ? अहिलेसम्म फेरेको छैन ।
कस्तो बेलामा स्विचअफ गर्नुहुन्छ ?स्विच अफ गर्दिनँ । आवश्यकता परे साइलेन्ट फिचरको प्रयोग गर्छु । प्राय: मिटिङमा बसेका बेला त्यस्तो हुन्छ ।
मोबाइलमा सबैभन्दा बढी कोसँग कुरा गर्नुहुन्छ ? घरमै बढी कुरा हुन्छ । आफूसँग पनि छुट्टै मोबाइल भएपछि छोरी कल गरिरहन्छिन् ।
प्रतिक्रिया