‘चलचित्रको सबैकार्य सकिएपछी आफुले चलचित्र हेर्दा रोएको बताउदै रेग्मी पत्नी ज्ञानुले दर्शकहरुलाई हलसम्म गएर चलचित्र हेरीदिन आग्रह गरिन् । उनले भनिन्–‘हात जोडेरै विन्ती गर्छु, यो चलचित्रलाई एक्लो रुपमा प्रर्दशनमा आउन दिनुहोस् ।’ चलचित्र एक्लो प्रर्दशनमा आएदेखी आफ्ना पतिको सपना पुरा हुने ज्ञानुले बताईन् । ’
चलचित्रको सबैकार्य सकिएपछी आफुले चलचित्र हेर्दा धेरै राम्रो लागेको र आफु सो चलचित्र हेरेर रोएको रेग्मी पत्नी ज्ञानुले बताईन् । दर्शकहरुलाई हलसम्म गएर चलचित्र हेरीदिन आग्रह गर्दै रेग्मी पत्नी ज्ञानुले भनिन्–‘हात जोडेरै विन्ती गर्छु, यो चलचित्रलाई एक्लो रुपमा प्रर्दशनमा आउन दिनुहोस् ।’ एक्लो प्रर्दशनमा चलचित्र आएदेखी आफ्ना पतिको सपना पुरा हुने पनि ज्ञानुले बताईन् । चलचित्र एक्लो प्रर्दशनमा आएदेखी चलचित्र सबैले हेर्न पाउने रेग्मी पत्नी ज्ञानुको अपेक्षा रहेको छ । यस्तै उनले आफ्ना पतिको अन्तिम चलचित्रसँग अन्य चलचित्र नजुधाउँन सम्बन्धित चलचित्रसंग सम्वंद्ध संघ संस्थाहरुलाई हादिर्क आग्रह पनि गरिन् । आफ्ना पती विरामी भएको अवस्थालाई सम्झदै भन्न् ि‘उहाँ बिरामी अवस्थामा रहदा आफू इन्द्रलोक पुगेर आएको भन्दै अब एउटा राम्रो चलचित्र बनाउने भनेर बताएको स्मरण गरिन् । आफ्ना पतीको एउटा राम्रो सिनेमा बनाउने सपना पूरा नभएको भन्दै ज्ञानुले छोरालाई बाबुको अधुरो काम पूरा गर्न लगाउने पनि कार्यक्रममै बताईन् ।
यस्तै कार्यक्रमका प्रमुख अतिथी चलचित्र निर्माता संघका अध्यक्ष राजकुमार राईले यस चलचित्रलाई एक्लो प्रर्दशन नभएपनि जतिसक्दो राम्रो किसिमले प्रर्दशनमा ल्याउने बताए । सो दिन चलचित्र प्रर्दशन गर्ने निर्माता निर्देशकहरुले बुझेर सो दिन आउने चलचित्र ब्याक भइदिए राम्रो हुने निर्माता संघका अध्यक्ष राइले बताए । चलचित्र ‘मनले मनलाई छुन्छ’सँगै अन्य २ सिनेमा पनि सोही दिन प्रर्दशनमा आउने सेडुअल रहेको छ ।
यस्तै कार्यक्रममा चलचित्रका अभिनेत्री गरिमा पन्तले स्व. रेग्मीले भनेको कुरालाई सम्झिदै भनिन्–‘उहाँको चलचित्र अफन्त पछिको सबैभन्दा मनपरेको सिनेमा ‘मनले मनलाई छुन्छ’ रहेको बताइन् । चलचित्रमा मान्छेहरुले चन्द्रमा छोइसके तर त्यहि मान्छेले मान्छेकै मन छुन नसकेको विषयलाई चलचित्रले उठान गरेको अभिनेत्री पन्तले बताईन् । यस्तै क्रममा चलचित्रमा अभिनेता बिरेन श्रेष्ठ, चलचित्रका कलाकार तथा निर्माता केशव भट्टराई, चलचित्रका संगीतकार बसन्त सापकोटा लगायतलेपनि स्व. रेग्मीलाई सम्वोधन गर्दै बोलेका थिए ।
स्व.रेग्मीको नाममा एक लाखको अक्षय कोष स्थापना
स्वर्गीय निर्देशक शिव रेग्मीको रिलिज हुने अन्तिम चलचित्र ‘मनले मनलाई छुन्छ’ निर्माण गरेको कम्पनी मिराकल मिडिया प्रा.लि.ले रेग्मीको नाममा एक लाखको अक्षय कोष स्थापना गरेको छ । चलचित्रका निर्माताद्धय विरेन श्रेष्ठ र सुनील सिटौलाले आफ्नो कम्पनी अन्र्तगतबाट सो कोष रेग्मी प्रति सम्मान ब्यक्त गर्दै स्थापना गरिएको एक पत्रकार सम्मेलन गरि औपचारीक रुपमा घोषणा गरेका हुन थिए । पुरस्कारको नाम ‘शिव रेग्मी मनले मनलाई छुन्छ’ राखिएको छ जस अन्र्तगत पुरस्कृत हुनले एकले दश हजार प्राप्त गर्नेछन् । अक्षय कोषको रकमलाई चलचित्रका निर्माताद्धय श्रेष्ठ र सिटौलाका साथमा रेग्मी पत्नी ज्ञानु र अभिनेत्री पन्तले निर्मातासंघका अध्यक्ष राजकुमार राईलाई हस्तानतरण गरेका थिए । राईले झट्ट हेर्दा यो रकम सानो देखिएपनि यो एउटा राम्रो र ठुलो सुरुवात गरेको बताए । एक लाखको कोष एक करोडको बनाउन सकिने हुदा त्यसका लागी सबैले सहयोग गर्नुपर्ने बताए ।
चैत्र २८ देखि देशब्यापी रिलिज हुने उक्त फिल्म झण्डै चार बर्षअघि निर्माण भएको सिनेमा हो । जुन सिनेमा निर्देशक रेग्मीका साथी बिकास अचार्यको ‘नाई न भन्नु ल– २ र ‘आधी बाटो’ नामक सिनेमा संगै रिलिज हुदैछ । चलचित्रमा बीरेन सहित सुमन सिंह, गरिमा पन्त, केशव भट्टराई र मिथीला शर्मा मुख्य भूमिकामा छन् ।
प्रतिक्रिया