Kiran KC (Raata Makai) – Birthday Celebration with Deepa Shree Niraula
विशाल चौतारी समाचार
काठमाडौं, २०७१, असार १६, सोमबार । हास्य ब्याङग्य अभिनेता किरण केसी ‘राता मकै’को जन्मदिनमा अर्की हास्य ब्याङग्य अभिनेत्री दिपाश्री निरौँराले जन्मदिनमा हरियो मकै उपहार दिएकी छिन् । असार १५ गते जन्मिएका अभिनेता राता मकैको जन्मदिनको अवसरमा सम्मान तथा ‘हास्य ब्याङग्यले क गर्छ ? छलफल कार्यक्रममा अभिनेत्री दिपाश्री निरौलाले एक झुत्ता मकै दिएकी हुन् । हरियो मकै उपहार पाएपछि राता मकै रातो पिरो हुदै कमै हातमा लिएका थिए ।
नेपाली हास्य ब्याङग्य क्षेत्रमा २५ वर्षदेखी लागिरहेका किरण केसी लामो समयदेखि नेपाल टेलिभिजनमा प्रशारण हुदै आएको चर्चित हास्य ब्याङग्य साप्ताहिक टेलिशृङ्खला ‘जिरे खुर्सानी’मा राता मकै पात्र बनेर दर्शकलाई हँसाउदै अनी चेतना जगाउँदै आएका छन् ।
आफ्नो ५६ औं जन्मदिनको अवसर पारेर हास्य ब्याङग्य अभिनेता राता मकैंले परिवारको सहयोगमा ‘हाँस्य व्यङग्य र सम्मान’ कार्यक्रमको आयोजना गरेका थिए । गत वर्ष झैं यो वर्ष पनि केसीले दुई जना हास्य ब्याङग्य क्षेत्रलाई योगदान गर्ने व्यक्तित्वलाई सम्मान गरे । सम्मनित हुनेमा कामना प्रकाशन प्रालिका प्रधान सम्पादक पुष्करलाल श्रेष्ठ र हाँस्य व्यङग्य वरिष्ठ कलाकार रामशेखर नकर्मी रहेका थिए । सम्मानित श्रेष्ठ र नकर्मीलाई सम्मान स्वरुप पत्र सहित दश–दश हजार रुपैयाँ हस्तान्तरण गरे । सम्मान हस्तानतरण महजोडी हरिबंश आचार्य र मदनकृष्ण श्रेष्ठको साथमा केसी र दिपकराज गिरीले दिए ।
सोही कार्यक्रमा ‘हाँस्य व्यङग्य कलाहरु’ नामक पुस्तक पनि विमोचन गरिएको थियो । हास्य अभिनेत्री दिपाश्री सहित मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, दिपकराज गिरी, शिवहरी पौड्याल, जितु नेपाल लगायतले ‘राता मकै’ किरण केसीलाई जन्मदिनको शुभकामना व्यक्त गरेका थिए ।
यस विषयमा गरिएको छलफल कार्यक्रममा अभिकांश हास्य ब्याङग्य कलाकारहरुले हास्य भनेको हसाउने ब्याङग्य भनेको चेतना जगाउने भनेर व्याख्या गरेका थिए । यस विषयमा बोल्दै वरिष्ठ हास्य ब्याङग्य अभिनेता मदनकृष्ण श्रेष्ठले हास्य ब्याङग्य गर्ने कलाकारहरुलाई सम्बोधन गर्दा हास्य कलाकार भनेर मात्र सम्बोधन नगर्न आग्रह गर्दै भने–‘हामीलाई हास्य कलाकार हैन, हास्य ब्याङग्य कलाकार भनेर सम्बोधन हुन पर्यो ।’ सय विषयमा अन्य प्राय वक्ताहरुले यही विषयलाई नै थपेका थिए ।
प्रतिक्रिया