विशाल चौतारी समाचार
काठमाडौं, २६ माघ । गायिका सोनिका लामाको ‘जवानीको लाली चढ्यो’ बोलको गीत सार्वजनिक भएको केहि हप्तापछि नै पुन निर्देशक दिपक खाँडले अर्को म्यूजिक भिडियो तयार पारेका छन् । स्मृती शाहीको स्वरमा रहेको ‘एक्लो भई बाँच्नु भन्दा’ बोलको सो गीतको भिडियोमा उमिर्ला रायमाझी, अमित श्रेष्ठ, जेनिफर लगाएतको अभिनय रहेको छ । पछिल्लो समयमा म्युजिक भिडियो निर्देशनमा रमाइरहेका खाँड अझै केही समय चलचित्र निर्देशन नगर्ने बताए ।

सम्पादन तथा निर्देशन दिपक खाँड रहेको यस भिडियोमा अभिनय गरेपछि मोडल उमिर्लाले अन्य केहि भिडियोमा पनि काम गर्ने अवसर पाएको निर्देशकको भनाई छ । खाँडका अनुसार उमिर्लाले आफ्नो कलाकौशल यो भिडियोमा देखाएकी छिन् ।
राजिव सिंहको संगीत रहेको सो गीतको भिडियोमा सुदिप बरालको छायांकन रहेको छ । डि.के. फिल्मस् अनामनगरले सो भिडियो तयार पारेको हो । यस गीत दिपक खाँडको प्रस्तुतीमा रहेको ‘सायद’ एल्बममा समावेश गरिएको छ ।


प्रतिक्रिया