विशाल चौतारी समाचार
काठमाडौं, २५ माघ । नेपाली साङ्गीतिक क्षेत्रको ब्याण्ड विधामा उल्लेख्य योगदान दिन सफल एउटा ब्याण्ड हो नमस्ते ब्याण्ड । सन् १९८८ मा स्थापना भएको यो ब्याण्डले ‘जाउँहै पोखरा, चरी मर्यो सिस्सैको गोलिले’ जस्ता चर्चित गीत नेपाली दर्शक श्रोताहरुका लागी गाइसकेका छन् । सोही ब्याण्डका संस्थापक प्रमुख तथा ब्याण्डका गायक इश्वर गुरुङ केहि दिन अगाडी मात्र नेपालमा आएका छन् ।

लामो समयपछी नेपाल आउँनुको कारण बताउँदै गायक इश्वरले आफ्नो भुमिमा एउटा भव्य साङ्गीतक कन्र्सट दिनका लागी आएको बताए । ‘नमस्ते’ ब्याण्डले आफ्नो वार्षिकोत्सवको अवसरमा १९९४ बाट सुरुवात गरेको ‘महा शिवरात्री विश्व संगीत महोत्सव’ लाई निरन्तरता दिन पनि आफुले भव्य कन्र्सटको आयोजना गर्न लागेको इश्वरले बताए । नमस्ते ब्याण्डको रहेक पाँच–पाचँ वर्षमा आयोजना गर्दै आएको ‘महा शिवरात्री विश्व संगीत महोत्सव’ यस भन्दा अगाडी सन् २००९ मा भव्य रुपमा सम्पन्न भएको बताउदै गायक इश्वरले भने –‘कन्र्सट गरेको पाच वर्ष वितिसकेको रहेछ । हाम्रो ब्याण्डका सम्पुर्ण फ्यानहरुले सामाजिक सञ्जालहरुबाट कन्र्सट गर्न आग्रहपनि आइरहेकाले यो वर्ष चाहि नेपाली साङ्गीतक क्षेत्रकै एतिहासिक कन्र्सट गर्ने सोच रहेको छ ।’ यो वर्ष आयोजना गर्न लागेको साङ्गितिक कन्र्सट ब्याण्डको २५ औ बार्षिकोत्सवको अवसरमा हुन लागेको हो ।

यस वर्ष आयोजना हुने कन्र्सट काठमाडौ र पोखरामा पालैपालो हुनेछ । काठमाडौमा फागुन १५ गते भृकुटी मण्डपमा र पोखरामा फागुन १७ गते लगातार कन्र्सटमा गइहाल्ने गायक इश्वरले बताए । नमस्ते ब्याण्ड नेपाली कलाकार र जापानी कलाकारहरु पनि रहेकाले अहिले चाहि आफु मात्र कन्र्सटका लागी आएको बताउँदै, ब्याण्डका अन्य कलाकारहरु चाहि २४ तारीक नेपाल आइपुग्ने इश्वरले बताए ।

विभिन्न देशहरुका कलाकारहरु ‘महा शिवरात्री विश्व संगीत महोत्सव २०१४’का लागी आउने बताए । नेपाली साङ्गीतिक क्षेत्रका सम्पुर्ण किसिमका गित संगीत सुन्न चाहनेहरुलाई लक्षित गरी कन्र्सटमा सबै विधाका कलाकारहरु कन्र्सटमा समेट्ने इश्वरले बताए । जस्तो लोक दोहोरी, आधुनिक, पप, पप आधुनिक, रक तथा नेपालमा प्रयोगमा आएका प्राय चलेका गीत संगीतलाई कन्र्सटमा प्रस्तुत गरीने इश्वरले बताए ।
प्रतिक्रिया