khotang news
भिम राई
खोटाङ, २०७१ असार, २५, बुधबार । गाविसका सबै घरमा सुधारिएको चुल्हो निर्माण भएपछि खोटाङको लिकुवापोखरी गाविसलाई घरभित्रको धुवाामुक्त गाविस घोषणा गरिएको छ । चार सय ५२ घर रहेको गाविसका सबै घरमा सुधारिएको चुल्हो निर्माण गरिएपछि लिकुवापोखरीलाई घरभित्रको धुवाामुक्त गाविस घोषणा गरिएको हो ।
यससागै जिल्लामा घरभित्रको धुवाारहित घोषणा गरिएका गाविसको संख्या चार पुगेको छ । प्रत्येक घरभित्रको अगेनोबाट निस्कने धुवाालाई सुधारिएको चुल्होमार्फत घरबाहिर निकास हुने व्यवस्था मिलाइएपछि गाविसलाई घरभित्रको धुवाारहित गाविस घोषणा गरिएको बालसेवा समाज खोटाङले जनाएको छ ।
नेपाल सरकार वैकल्पीक उर्जा प्रवर्धन केन्द्र र उर्जा क्षेत्र सहयोग कार्यक्रम अन्तरगत श्रोत व्यवस्थापन तथा ग्रामिण सशक्तिकरण केन्द्र रिमरेकको सहयोग एवम् बालसेवा समाजको पहलमा गाबिसलाई घरभित्रको धुवाारहित घोषणा गरिएको आयोजकले जनाएको छ । सन् २०१६ सम्ममा खोटाङ जिल्लालाई घरभित्रको धुवाारहित घोषणा गर्ने उद्देश्यका साथ हरेक गाविसमा सुधारिएको चुल्हो निर्माण अभियान सञ्चालन भइरहेको छ ।
यसअघि जिल्लाका विजयखर्क, बााझेच्यानडााडा र खिदिमा गाविसलाई घरभित्रको धुवाामुक्त गाविस घोषणा गरी सकिएको छ । बालसेवा समाज नेपालका अनुसार जिल्लाका अन्य गाविसलाई समेत घरभित्रको धुवाामुक्त गाविस घोषणा गर्ने तयारी गरिएको छ ।
प्रतिक्रिया