विशाल चौतारी समाचार
काठमाडौं,२४ माघ । नेपाली चलचित्र क्षेत्रलाइ पााच वटा हिट चलचित्र दिइसकेका निर्माता तथा अभिनेताले आफ्नो छोराको न्वारानमा भव्य पार्टि दिएका छन् । निर्माता रोज राणाको यसै वर्षको सभासद बन्ने चाहना पुरा हुन नसकेपनि छोराको बाबु बन्ने उनको चाहाना भने पुरा भएको छ । रोजले आफ्ना छोराको नाम रेहान राखेका छन् ।

छोराको न्वारान पार्टीमा आफ्नो नजिकका मानिने चलचित्रकर्मीहरुलाई रोजले बोलाएका थिए । तर सोही भब्य पार्टीमा जति पनि नजिकका चलचित्रकर्मी उपस्थित थिए । तर पछिल्लो समयमा ‘हिरोइन’ नामक सिनेमा निर्माण गर्न लागेका रोजको पार्टिमा सरिता लामिछाने बाहेक सबै चलचित्रकर्मीहरु पुरुष मात्र थिए ।

पार्टीमा राजकुमार राई, उज्जवल घिमिरे, आकाश अधिकारी, दिनेश डिसी, श्रीकृष्ण श्रेष्ठ, केशव भट्टराई, प्रदीप उदय, सुनील कुमार थापा, मनोज राठी, उज्जवल पौडेल, विक्रम पराजुली, ऋषि लामिछाने, एन.बी महर्जन, दिवस उप्रेती, निर्देशक ऋषि न्यौपाने, सुमन दाहाल, राईटर मौनता श्रेष्ठ, छायाकार कृष्ण श्रेष्ठ फिल्म स्टूडियो सञ्चालक रजत बुढाथोकी लगायतका चलचित्रकर्मीहरुकको उपस्थिती देखिएको थियो ।

प्रतिक्रिया