Ashok Kumar Pyasi
विशाल चौतारी समाचार
काठमाडौं, २०७१, असार २०, सोमबार । गायक अशोक कुमार प्यासी मोफसलबाट खारिएका स्वरका धनी हुन् । जस्ले लामो समयसम्म मोफसलमै बसेर धेरै नेपाली संगीतमा योगदान गरिसकेका छन् । त्यहि योगदान स्वरुप हुन सक्छ गायक प्यासी काठमाडौमै रहेर आफ्नो चौथो एल्बम निकाल्न समेत भ्याइसकेका छन् ।
ओखल्ढुङ्गामा जन्मिएर उदयपुर कटारीमा हुर्केका गायक अशोक कुमार प्यासीले मोफसलमै रहदा विभिन्न साङ्गीतिक कार्यक्रमहरु आयोजना गर्ने तथा गाउने काम गर्थे । बाल्यकालका दिनहरुमा फुटबल र चित्रकलामा निकै दख्खल राख्ने गायक प्यासी नेपाली साङ्गीतिक क्षेत्रमा आउने सोच नभएको बताउछन् । भन्छन्–‘तर विस्तारै उमेर बढ्दै गएपछी रहरै रहरमा नेपाली संगीत क्षेत्रमा आउन पुगेछु । मलाई त यो क्षेत्रमा आउछु भन्ने कुनै सोच नै थिएन । तर अहिले मेरोलागी संगीत जिवन नै बन्न पुगेको छ’, गायक प्यासीले बताए ।
नेपाली साङ्गीतिक क्षेत्रमा औपचारीक रुपमा २०६७ सालमा प्रवेश गरेका थिए । गायक अशोक कुमार प्यासीले मोफसलमै बसेर पुर्वेली र पश्चिमेली गरी दुई एल्बम ल्याएका थिए । ०६७ र ६८ मा यी दुई एल्बमहरु क्रमश रुपमा बजारमा आएका थिए । मोफसलमै बसेर निकालेकै एल्बमबाट चर्चा बटुलेका गायक प्यासी नेपाली साङ्गीतिक क्षेत्रमै केही योगदान गर्ने उद्देश्यले काठमाडौमा भित्रिएको बताउछन् । काठमाडौमा आएर गायक प्यासीले ०६९–७० मा म्युजिक भिडियो कलेक्सन एल्बम सार्वजनिक गरेका थिए ।
[gss ids=”4521,4520,4518,4519,4517″]
सार्वजनिक भएको गीतहरुलाई दर्शकहरुले मनपराउदै गएपछी गायक प्यासीले आफ्ना साङ्गीतिक फ्यानहरुलाई लक्षित गर्दै पुन: नयाँ चौथो एल्बम ‘माफी’ ल्याएका छन् । यो एल्बमका गतिहरु अहिले सामाजिक सञ्जालहरुमा हिट भइरहेको गायक प्यासी बताउछन् । चौथो एल्बमका दुई म्युजिक भिडियो मध्ये ‘माया र पिरती’ र ‘रातो भाले’ म्युजिक भिडियो भने केही दिन अगाडी रिलिज गरिएको छ । एल्बममै समावेश अर्को गीत भने केही दिन अगाडी मात्र रिलिज गरिएको छ ।
गायक अशोक कुमार प्यासीले एल्बमहरु ल्याउन भन्दा अगाडी संगीतको अध्ययनपनि गरेको बताउछन् । एक वर्ष सम्म आस्था कला केन्द्रमा संगीतको शिक्षा लिइसकेपछी मात्र एल्बम तिर लागेको गायक प्यासी बताउछन् । गायक प्यासीको बुभाईमा संगीत भनेको हरेक व्याक्तिलाई आवश्यक पर्ने औषधी भएको बताउछन् । भन्छन्–‘मेरो जिवन नै संगीत भएकोले म संगीतको पुजारी हु’, गायक प्यासीले बताए । नेपाली संगीत क्षेत्रमा टिकिरहन गाह्रो भएपनी आफु संगीतको माध्ययमबाट समाज र राष्ट्रलाई योगदान दिदै परिवर्तनको बटोमा लागेको गायक अशोक कुमार प्यासीले बताए ।
आफ्नो एल्बम ‘माफी’ रिलिज भएपछी विभिन्न कार्यक्रमहरुमा व्यास्त भइरहेको बताउदै गायक प्यासीले भने–‘मेरा दर्शक श्रोताहरुले एल्बमका गीतहरु मनपराइदिएर मलाई अमुल्य साथ दिनु भएको छ । दर्शकहरुकै माग अनुसार मलाई विभिन्न देश तथा काठमाडौ र काठमाडौ बाहिर हुने कार्यक्रममा माग भइरहेको छ’, गायक प्यासीले आफ्ना दर्शकहरुलाई सम्बोधन गर्दै बताए ।
विशाल चौतारी डटकमसंगको कुराकानीमा गायक अशोक कुमार प्यासीले अन्तमा आफ्ना फ्यानहरुलाई सम्बोधन गर्दै यसैगरी माया र साथ दिइरहन आग्रह गरे । आफ्नो सार्वजनिक भएको गीतहरु युटुब, टेलिभिजन, रेडियो तथा अनलाईन मिडियामा सुनेर कमेन्ट गरिदिन आग्रह गरे ।
प्रतिक्रिया