मुम्बई : केहि दिन अगाडी बलिउड अभिनेत्री अनुष्का शर्माले निदेशक करण जोहरको चर्चित रियिलिटी सो ‘कफि विथ करण ४’ एपिसोडमा उपस्थित भएकी थिइन् । यस एपिसोडको शुटिङ भइसकेको छ । कफि विथ करणको यस एपिसोडको बारेमा खास कुरा के रहेको छ , भने अभिनेत्री अनुष्काको पछिल्लो तस्विर सार्वजनिक भएपछि रहेक मानिसहरुले अनुष्काको ओठ सर्जरी गरिएको हो भनेर । हरेक मानिसहरुले अड्कल काटिरहेका छन् की अनुष्काले आफ्नो ओठ सर्जरी गराएकी हुन्, या हैनन् ?

बलिउड सञ्चार धेरै माध्ययमहरुले अभिनेत्री अनुष्काले ओठ सर्जरी गराएकी हुन्, भन्ने बारेका समाचारहरु प्रकाशित गर्दै आएका छन् । प्रकाशित गर्नको कारण उनका पुराना तस्बिरहरु उनको अहिलेको ओठ र पहिलेको ओठमा धेरै परिवर्तन आएको छ ।

अभिनेत्री अनुष्का शर्माले चलचित्र ‘रब ने बनादी जोडी’बाट बलिउड चलचित्र क्षेत्रमा डेब्यु गरेकी थिइन् । र यस चलचित्रमा उनको अपोजिट बलिउड किङ खान शाहरुख खान थिए । अभिनेत्री अनुष्कालाई ओठ सर्जरी गराएको बारेमा धेरै प्रश्नहरु गरिएपनि अन्य अभिनेत्रीले जस्तै सबै प्रश्नहरुलाई अश्विकार गरिन् ।
–एजेन्सी
प्रतिक्रिया