Bisal Chautari Logo

‘गाउँ आएको बाटो’को पहिलो गीत ‘राई माइला’ सार्वजनिक

- १९ जेष्ठ २०८१, शनिबार २१:५४ मा प्रकाशित


विशाल चौतारी समाचार
काठमाडौं, २०८१ जेठ १९ शनिवार ।
नवीन सुब्बा निर्देशित फिल्म ‘गाउँ आएको बाटो’को पहिलो गीत ‘राई माइला’ सार्वजनिक भएको छ । गीतमा श्रवण मुकारुङको शब्द, कालीप्रसाद बासकोटाको संगीत, सुनिता थेगिमको स्वर छ ।

गीतमा दयाहाङ राई, पशुपति राई र प्रसन राईलाई फिचर्ड छन् । गीतमा समावेश दृश्यले फिल्मको कथासार बुझाउन सहयोग गर्ने निर्माण टिमको विश्वास छ । बाबुछोराको स्नेही सम्बन्ध र खुसी त्यतिबेला संकटमा पर्छ, जतिबेला गाउँमा मोटर आइपुग्छ । योसँगै छोरा बिन्द्रे (प्रसन राई) र उसको बाबु माइला (दयाहाङ) वरपर सिनेमाको कथा घुम्छ । सडकसँगै गाउँ आउने स्मार्टफोन, सनग्लास, टेलिभिजन, हिपहप संगीतले गाउँको मानवीय सम्बन्ध र सोचाइमा ल्याउने परिवर्तन तथा सडक र गाडी पुगेपछि परेको असरको कथा फिल्मले भनेको छ ।

जेठ २५ गतदेखि रिलिज हुने फिल्म अन्तर्राष्ट्रिय फेस्टिभलमा प्रदर्शन भैसकेको छ । मेन्छ्याम फिक्चर्स र बाँसुरी फिल्मसले संयुक्त ब्यानरमा बनेको फिल्मका निर्माता आमोद राई हुन् । पटकथा महेश राईले लेखेका हुन् । निर्मातामा सञ्जु राई, देवराज राई, नरहाङ राई र भीम राई छन् ।

प्रतिक्रिया