अहिलेकी व्यास्त अभिनेत्री निशा अधिकारीले आफ्नो समाजिक संस्था युवा उडानले दोस्रो च्यारिटी तथा प्रिमियर सो को आयोजना गरेको हो । उनले यस चलचित्रको सुरुवाती देखीकै निर्माता सुनिललाई चलचित्रको प्रोमोशनमा सहयोग पुर्याई रहेकी थिइन् । दोस्रो चोटी गरिएको प्रिमियर सोमा अभिनेत्री निशाले छोटो स्वागत कार्यक्रम सञ्चालनको क्रममा चलचित्र ‘मोक्ष’ लोगो अंकित टिर्सट पहिरिएर उपस्थित भएकी थिइन् ।
माघ २४ गतेबाट रिजिलमा आउन लागेको चलचित्र प्रिमियर कार्यक्रममा अभिनेत्री निशाले आफ्नो सक्रियता रहेका समाजिक संस्था युवा उडानको दुतको रुपमा चलचित्रकै निर्देशक प्रविणलाई नै घोषणा गरेकी थिइन् । स्पाईनल कर्ड ईन्जुरीका कारण हिड्न नसक्ने उनलाई आफ्नो संस्थाको दूतको रुपमा अघि बढाईने निशाले च्यारिटी शो सुरु हुनु अघि घोषणा गरेकी हुन । आयोजित च्यारिटी तथा प्रिमियर सो मा बैंकर अनिल शाह, अपाङ्ग संघका संस्थापक अध्यक्ष कनकमणी दिक्षित, न्युरोलोजिस्ट बसन्त पन्त र प्रिमियर सो का प्रमुख अतिथी लालकाजि गुरुङ, राखेपका सदश्य सचिव तथा पुर्व चलचित्र निर्माता संघका अध्यक्ष युवराज लामा, अभिनेता विल्सन विक्रम राई लगायत अन्य धेरै व्याक्तित्वहरुले चलचित्र ‘मोक्ष हेरेका थिए ।
चलचित्रको कथा सिनेमाका निर्देशक प्रविण श्रेष्णकै जीवनीमा आधारित बनेको छ । चलचित्रमा कौशिस क्षेत्री र बेनिशा हमालको मुख्य भुमिका रहेको छ ।
प्रतिक्रिया