विशाल चौतारी समाचार
काठमाडौ, २१ माघ । नेपाली चलचित्र क्षेत्रमा महा अभिनेत्रीकै रुपमा उभिएकी अभिनेत्री करिष्मा मानन्धर हिजो माघ २१ गते फेब्रुअरी ४ तारिखका दिनदेखी एक वर्ष बुढी भएकी छिन् । अभिनेत्री मानन्धरको हिजो ४४ औँ जन्मदिन परेको थियो ।


सन् १९८९ अर्थात विक्रम सम्वत २०४२ सालमा प्रकाश थापाले निर्देशन गरेको चलचित्र ‘सन्तान’बाट नेपाली चलचित्र क्षेत्रमा प्रवेश गरेकी अभिनेत्री करिष्माले जन्मदिन आफै विशेष रहेकाले, कुनै बिशेष कार्यक्रम नराखेको बताइन् । कुनै समय नेपाली चलचित्र क्षेत्रमा व्यास्त रहेकी अभिनेत्री करीष्मा मानन्धर पछिल्लो समयमा फाट्ट फुट्ट चलचित्रहरुमा देखिरहेकी छिन् । अभिनयमा खासै सकृय नदेखिएकी अभिनेत्री करिष्माले चलचित्र निर्माणमापनि सोचे अनुरपले सफलता नपाएपछि अव भने उनी चलचित्रको निर्देशन गर्ने तयारीमा रहेको बुझिएको छ ।

अभिनेत्री मान्धरले १९८९ मा चलचित्र ‘सन्तान’बाट डेब्यु गरीसकेपछी नेपाली चलचित्र क्षेत्रलाई पछाडी फर्किएर हेर्न परेन । सो चलचित्रमा अभिनेता भुवन केसीका साथमा पहिलो चोटि देखिएकी अभिनेत्री मानन्धरले पहिलो सिनेमामै राम्रो अभिनय गरेपछि पति निर्माता बिनोद मानन्धरको चलचित्र ‘मायालु’मा काम गर्ने अवसर मिल्यो ।
सोहि चलचित्रकै सुटिङकै क्रममा यि दुए जोडीको सम्वन्ध अगाडी बढेको बताइन्छ । बिनोदको चलचित्र गर्न भन्दा पहिला पनि एक हिन्दी चलचित्र ‘दङ्गा फसाद’मा समेत काम गरीसकेपछि अभिनेत्री करिष्मा मानन्धरले त्यस चलचित्रपछी ‘ट्रक ड्राइभर’, ‘भाउजु’, ‘रणभुमी’, ‘बसन्ती’, ‘ढुकढुकी’, ‘पन्छि’, ‘बाबु साहेब’ लगायत अन्य धेरै चलचित्रहरु सुपरहिट चलचित्रहरुमा काम गरेकी छिन् ।
प्रतिक्रिया