Bisal Chautari Logo

अस्मिता र महेशले दुबईको बुर्ज खलिफामा इन्गेजमेन्ट गरे

- ६ असार २०८१, बुधबार १२:२९ मा प्रकाशित


बिशाल चौतारी समाचार
काठमाडौं, २०८१ आषाढ ५ बुधवार ।
गायिका अस्मिता अधिकारी र गायक महेश काफलेले इन्गेजमेन्ट गरेका छन् । निकै समय अगाडीदेखी प्रेमसम्बन्धमा रहेका उनीहरुले इन्गेजमेन्ट गरेका हुन् । उनीहरुले दुबईको बुर्ज खलिफा गएर इन्गेजमेन्ट गरेको अस्मिता र महेशले आ–आफनो फेसबुबाट जानकारी दिएका छन् ।

महेशले अस्मितालाई औंठी लगाइदिएका थिए । उनिहरुको इन्गेजमेन्ट पछि संगीत नगरी र फ्यानहरुले बधाई दिइरहेका छन् । अस्मिताले ४ तस्बिरहरु सियर गर्दै लेखेकी छिन् ‘टु सोल वान हार्ट टुगेदर फरेभर, वि आर इन्गेज महेश काफ्ले लेखेकी छिन् । त्यस्तै महेशले लेखेका छन्, सहयात्राको यो सुरुवात, वि आर इन्गेज अस्मिता अधिकारी , आई लभ यु महेशले लेखेका छन् ।

अस्मिता र महेशको प्रेम चर्चा निकै समय अगाडीदेखी भइरहेको थियो । उनीहरुले आफूहरु प्रेम सम्बन्धनमा रहेको स्वीकार गरेका थिएनन् । उनीहरु दुबैजना अहिलेको चर्चित गायक गायिका हुन् । उनीहरुको दर्जनौ गीत चर्चामा रहेका छन् । जस मध्य ‘लजावती झर बोलको गीत सुपरहिर भएको थियो ।

प्रतिक्रिया