Bisal Chautari Logo

भागिरथ र कबिताको तीज गीत ‘दिउँला बरिलै’ सार्वजनिक

- ४ श्रावण २०८१, शुक्रबार १६:०० मा प्रकाशित


बिशाल चौतारी समाचार
काठमाडौं,
 २०८१ श्रावन ४ शुक्रवार 
गायक भागिरथ चलाउने र गायिका कबिता खत्रीको स्वरमा यसबर्षको तीज पर्व बिशेष गीत दिउँला बरिलै सार्वजनिक गरिएको छ । मंगलबार सार्वजनिक गीतमा नेत्र अर्यालको शब्द छन् भने संगीत गायक चलाउनेकै रहेको छ । गीतमा कोरस स्वर रुपि सिंजाली मगर र प्रतिमा विश्वकर्माको रहेको छ ।

गीतको भिडिओमा चर्चित मोडल लोमश शर्मा र बिना राउतले नृत्य गरेका छन् । अशोक बिकले निर्देशन गरेको भिडिओ नवराज उप्रेतीले खिचेका हुन् । प्रबिन भट्टले सम्पादन गरेको भिडिओमा मिलन विश्वकर्माले कलर भरेका छन् । भिडिओ कबिता खत्री युट्युव च्यानलमार्फत सार्वजनिक गरिएको छ ।

तीज आउन महिना भन्दा समय भइरहँदा बजारमा तीज गीत सार्वजनिक भइरहेका छन् । यसअघि दर्जन बढी गीत युट्युवमार्फत सार्वजनिक भइसकेका छन् । गायिका कबिता खत्रीले नारीहरुको महान चाड तीजमा तीजको छुट्टै महत्व हुनेभएकाले पनि यसबर्षको तीजमा गीत ल्याएको बताइन् । उनले भनेकी छिन्, ‘तीजका गीत महिना अघिबाटै घन्किदा तीज आएको महसुस हुन्छ । तीजका गीतले पनि तीज पर्वलाई जोगाइराखेको छ । तीज बिशेष गीतहरुले पनि तीजको महत्व अझै बढाएको जस्तो लाग्छ ।’
यस्तै गायक भागिरथ चलाउनेका यसअघिका पनि थुप्र्रै तीज गीत हिट छन् । यसैबिच उनले यसगीतलाई पनि दर्शक तथा स्रोताले माया गर्नेमा आशावादी छन् । साथै मोडल लोमश शर्माले अहिले दिनहुँ तीज गीतको भिडिओमा नाँचिरहेको जानकारी दिए । उनले अहिलेसम्म १५ वटा तीज गीतमा नृत्य गरिसकेको र अझै थुप्रै अफर आइरहेको सुनाए ।

प्रतिक्रिया