Bisal Chautari Logo

‘के घर के डेराः घर नम्बर २’मा निश्चल बस्नेतको इन्ट्री

- ७ श्रावण २०८१, सोमबार १७:२२ मा प्रकाशित


बिशाल चौतारी समाचार
काठमाडौं, २०८१ श्रावन ७ सोमवार
  साउनको २५ गतेबाट छायांकनमा जान लागेको चलचित्र ‘के घर के डेराः घर नम्बर २’मा कलाकार निश्चल बस्नेतको इन्ट्री भएको छ । चलचित्रको मुख्य भूमिकामा बस्नेतलाई अनुबन्धित गरिएको निर्देशक दीपेन्द्र के खनालले जानकारी दिए । यसअघि यो चलचित्रमा अभिनेता खगेन्द्र लामिछानेको प्रवेश भइसकेको छ ।
निश्चलको प्रवेशसँगै चलचित्रको लाइनअप बलियो बन्ने देखिएको छ । चलचित्रका लागि अझै ४ जना कलाकारहरुलाई मुख्य भूमिका अनुवन्धित गर्न बाँकी रहेको निर्माणपक्षले बताएको छ ।
ए प्लस इन्टरटेन्मेन्ट र नटराज क्रियशनको ब्यानरमा निर्माण हुन लागेको यो चलचित्रको कथा चर्चित लेखक बुद्धिसागरले लेखेका हुन् । चलचित्रमा शरद श्रेष्ठ, किरण महर्जन र राजिव श्रेष्ठ निर्माताको रुपमा छन् । युवराज कार्की चलचित्रका कार्यकारी निर्माता हुन् ।
चलचित्रमा अनुवन्धित भएपछि कलाकार बस्नेत उत्साहित देखिए । उनले, चलचित्रको कथावस्तु बलियो रहेकाले आफू काम गर्न तयार भएको बताए ।
चलचित्रलाई काठमाडौंमा रिच इन्टरटेन्मेन्ट र काठमाडौं बाहिर एफडी कम्पनीले वितरण गर्ने पक्का भइसकेको छ । सामाजिक कथावस्तुमा निर्माण हुने यो चलचित्रलाई यसै बर्ष रिलिज गर्ने योजनामा निर्माणपक्ष छ ।

प्रतिक्रिया