Bisal Chautari Logo

‘सारंग’ चलचित्रको एउटा गीतमा २२ बालबालिकाको स्वर

- ८ श्रावण २०८१, मंगलवार २०:४८ मा प्रकाशित


बिशाल चौतारी समाचार
काठमाडौं, २०८१ श्रावन ८ मंगलवार
  प्रशान्त तामाङ निर्देशीत ‘सारंग’ चलचित्रको ‘चिसो बतास’ बोलको एउटा गीत २२ जना बालबालिकाले एकसाथ गाएका छन् । डिपी खनालले रचेको सो गीतमा कान्जिरोवा स्कुल,कोटेश्वरका प्रतिभावान बालबालिकाहरुको साथमा किरण भुजेल र मुस्कान रानाभाटको स्वर छ ।
चलचित्रको अर्काे एउटा गीतमा भने शान्तिश्री परियार र साइराजको स्वर छ । ‘चोली तुनामा’ बोलको सो गीत पनि डिपी खनालले लेखेका हुन् भने संगीत पनि शंकर थापा स्माइलको छ । बाल मनोबिज्ञान तथा बालअधिकारको बिषयमा केन्द्रित फिल्ममा कथाको मागअनुसार नै एकसाथ २२ जना बालबालिकालाई गीत गाउन लगाएको बताए । गीत एक्दमै सुमधुर र अर्थपूर्ण रहेको निर्देशक तामाङको दावी छ ।
बैशाख २ गतेबाट सुटिङ थालीएको चलचित्रको पहिलो चरणको सुटिङ सकिएको छ । बाँकी छायांकन केही दिनमै गरिने चलचित्रमा ऋचा शर्मा,उत्पल झा,समीर मणि दीक्षित,सुरज तमु,मणि के राई,अनिषा न्यौपाने,निरज ब्ल्याक,दीपीका थापा,सुमन सागर जंग केसीका साथमा बालकलाकार द्वय सम्राट थापा र आदित्य कार्की मुख्य भूमिकामा छन् । मनोरञ्जनका साथै समाजीक सन्देशसमेत प्रस्तुत गरिने चलचित्रको स्क्रिप्ट निर्देशक तामाङ आफैले लेखेका हुन् ।

प्रतिक्रिया