Bisal Chautari Logo

सौर्य एयरलाइन्सको विमान दुर्घटनामा १५ जनाको मृत्यु, ४ जनाको उद्दार

- ९ श्रावण २०८१, बुधबार १३:०२ मा प्रकाशित


बिशाल चौतारी समाचार
काठमाडौं, २०८१ श्रावन ९ बुधवार ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल परिसरमा सौर्य एयरलाइन्सको विमान दुर्घटना हुँदा १५ जनाको मृत्यु भएको छ । ९ एन–एएमई सीआरजे २०० विमान भुईँमा खसेलगत्तै आगो लागेको थियो ।

काठमाडौंबाट पोखराका लागि बिहान ११ बजे उडेको विमान १९ जना यात्रु रहेका थिए । उनीहरू सबै सौर्यका कर्मचारी रहेको बताइएको छ । ४ जनाको उद्दार गरिएको छ । जसमध्ये तीन जनाको टिचिङ अस्पतालमा उपचार भइरहेको छ भने एक जनाको केएमसीमा उपचार भइरहेको छ । शवहरू शिक्षण अस्पताल महाराजगञ्ज लगिंदै गरिएको प्रहरीले जनाएको छ ।

तस्बिरहरु : अमुल थापा (फेसबुकबाट साभार)

प्रतिक्रिया